Home Bibles यर्मिया 52:29 · नेपाली बाइबल
यर्मिया 52:29 · नेपाली बाइबल

नबूकदनेस्सरको राज्यकालको अठारौं वर्षमा 832 यहूदीहरूलाई यरूशलेमको बाहिर लगियो।

Cross references

उत्पत्ति 12:5

अब्रामले आफ्नी पत्नी साराई, उसको भतिजो लूत, आफूसित भएका कमारा-कमारीहरू र हारानमा आफ्नो जे जति थियो लिएर कनान गए।

प्रस्थान 1:5

याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।)

2 राजा 25:11

नबूजरदानले शहरमा छोडिएका सबै मानिसहरूलाई पत्रे। नबूजरदानले बाबेलको राजा समक्ष आत्म समर्पण गरेका सबै मानिसहरूलाई बन्दीको रूपमा लगे।

2 इतिहास 36:20

नबूकदनेसरले ती मानिसहरूलाई बाबेल फर्काइ लगे जो अझ जीवित थिए अनि तिनीहरूलाई दास हुन बाध्य तुल्याए। ती मानिसहरू फारस राज्यले बाबेल राज्यलाई परास्त नगरे सम्म दासको रूपमा बाबेलमा बसे।

यर्मिया 32:1

यहूदामा सिदकियाहको शासनकालको दशौं वर्षमा यो सन्देश परमप्रभुबाट यर्मियाहकहाँ आयो। सिदकियाहको दशौं वर्ष नबूकदनेस्सरको राज्यकालको अठारौं वर्ष थियो।

यर्मिया 39:9

नबूजरदान बाबेलका राजाको विशेष सैनिकका कप्तान थिए। उनले शहरमा छोडिएका बाँकी मानिसहरूलाई ज-जसले समर्पण गरेका थिए अनि अन्य जो रहेकाहरूलाई कैदी बनाई बाबेलमा ल्याए।

यर्मिया 52:12

राजा नबूकदनेस्सरको राज्यकालको उन्नाईसौं वर्षको पाँचौ महीनाको दशौं दिनमा बाबेलका राजाका विशेष रक्षकहरूको कप्तान नबूजरदान यरूशलेममा आए।

Interlinear

Choose Theme