Home Bibles ☰ Books यर्मिया 52:26 · नेपाली बाइबल
यर्मिया 52:26 · नेपाली बाइबल

विशेष रक्षकका कप्तान नबूजरदानले तिनीहरूलाई बाबेलका राजा जो रिब्लामा थिए तिनकहाँ पुर्याए।

Cross references

गन्ती 34:11

शपामबाट यो सिमाना ऐनको पूर्व भएर रिब्लासम्म जान्छ र पहाडबाट ओह्रालो हुँदै गालील समुद्रकोछेउ सम्म जानेछ।

2 राजा 23:33

फिरऊन-नेकोले यहोआहाजलाई हमात देशको रिब्लामा बन्दी बनाए। त्यस कारण यहोआहाजले यरूशलेममा शासन गर्न पाएनन्। फिरऊन नेकोले यहूदालाई 100 तोडा चाँदी अनि 10 तोडा सुन दिनु वाध्य गरए।

2 राजा 25:20

तब नबूजरदानले यी सबै मानिसहरूलाई हमातको इलाकामा रिब्लामा बाबेलका राजाकहाँ लगे। बाबेलका राजाले तिनीहरूलाई रिब्लामा मारे।

यर्मिया 39:5

कल्दीहरूका सिपाहीहरूले सिदकियाह र उनका सिपाहीहरूलाई खेद्‌दै गए अनि त्यति बेला सिपाहीहरू सिदकियाह सँगै यरीहोको मैदानमा पक्राऊ परे। तिनीहरूले सिदकियाहलाई बाबेलका राजा नबूकदनेस्सर जो हमात देशको रिबला शहरमा थिए त्यहाँ पुर्याए। रिबला शहरमा बाबेलका राजा नबूकदनेस्सरले सिदकियालाई कस्तो व्यवहार गर्नु पर्ने, बताए।

यर्मिया 39:9

नबूजरदान बाबेलका राजाको विशेष सैनिकका कप्तान थिए। उनले शहरमा छोडिएका बाँकी मानिसहरूलाई ज-जसले समर्पण गरेका थिए अनि अन्य जो रहेकाहरूलाई कैदी बनाई बाबेलमा ल्याए।

Interlinear

Choose Theme