इस्राएलका परिवारहरू अनि यहूदा सम्पूर्णरूपले म प्रति अविश्वासी भए।” यो सन्देश परमप्रभुबाट आएको हो।
Cross references
“तर त्यसो भएर पनि, तिमीले मेरो कुरामा ध्यान दिएनौ। केही पनि सिकेनौ। मैले भनेका कुनै पनि कुरा तिमीले मान्दै मानेनौ। म शुरू देखि नै जान्दछु कि तिमी मेरो विरूद्ध उठ्नेछौ। तिमी जन्मेकै दिनदेखि तिमीले मेरो विरूद्धमा आन्दोलन गर्यौ।
योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि उ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई।
तर तिमीहरू आफ्नो लोग्नेहरूसित अविश्वासी रहेका पत्नी मानिसहरू जस्तै भयौ। हे इस्राएलका परिवार, तिमीहरू म प्रति अविश्वासनीय भएका छौ।” यो सन्देश परमेश्वरबाट आएको हो।
तिनीहरूले परमप्रभुको विरूद्धमा विश्वासघात गरेकाछन्। किनकि तिनीहरूले बतासे छोरा-छोरीहरू जन्माएका छन्। यसर्थ उसले तिनीहरू र तिनीहरूका जमीनहरू नष्ट पार्नेछ।
तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे। त्यसैमा तिनीहरूले मेरो विरूद्धमा विश्वासघात व्यवहार देखाए।