Home Bibles ☰ Books यर्मिया 48:32 · नेपाली बाइबल
यर्मिया 48:32 · नेपाली बाइबल

म याजेरको मानिसहरूसित याजेरकै लागि शोक गर्छु। हे सिब्नाका दाखका बोट, बिगतमा तिम्रा दाखका बोटहरू चारैतिर फैलिदै समुद्र पारी याजेर शहरसम्म फैलिएको थियो। तर विनाशले तिनीहरूका फल र दाखहरू लग्यो।

Cross references

गन्ती 21:32

मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे।

गन्ती 32:1

रूबेन र गाद वंशका मानिसहरूको धेरै धेरै गाई-वस्तुहरू थिए। यसर्थ जब तिनीहरूले याजेर र गिलादको भूमि देखे तिनीहरूले ती ठाँउहरू पशुपालनको निम्ति उपयुक्त सम्झे।

गन्ती 32:3

“अतारोत, दीबोन, याजेर, निम्रा, हेसबोन, एलाले, सबाम, नबो अनि बओन

गन्ती 32:35

अतारोत-शोपान, याजेर, योगबहा,

गन्ती 32:38

नबो, बालमोन र सिब्मा यसलाई नयाँ बनाए। तिनीहरूले नेबो र बालमोन नाम परिवर्त्तन गरिदिए अनि तिमीहरूले शहरहरूलाई आफ्नै नाम दिए जुन तिनीहरूले निमार्ण गरेका थिए।

यहोशू 13:19

किर्यातैम, सिब्मा, डाँडाको बेंसी सेरेथशेहर,

यहोशू 21:39

हेस्बोन अनि याजेर पनि तिनीहरूलाई दिए। तिनीहरूलाई गादले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए।

यशैया 16:8

हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउप्जिनाले मानिसहरू उदास हुनेछन्। विदेशी शासकहरूले दाखका बोटहरू ढाल्नेछन्। शत्रुका सैनिकहरू याजेर शहर र मरूभूमिभरी फैलिए। अनि तिनीहरू समुद्र पारि सम्म फैलिए।

यर्मिया 40:10

बाबेलवासीहरू अघि जो हामीकहाँ आउँछन तिमीहरूको प्रतिनिधित्व गर्न म आफै मिस्पामा बस्नेछु। दाखरस, ग्रीष्मऋतुका फल, तेल जम्मा गर अनि भाँडामा राख। तिनीहरूले आफ्नो अधीनमा लिएको शहरहरूमा बस्।”

यर्मिया 48:8

प्रत्येक शहर ध्वंस पारिनेछ अनि कुनै एउटा शहर पनि बाँकी राखिनेछैन। परमप्रभुले भन्नु भएको बेंसी नष्ट हुनेछ। अनि समतल देश ध्वंस पारिनेछ।

यर्मिया 48:15

शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन् र शहरभित्र पसेर तिनीहरूलाई ध्वंस पार्नेछन्। उसका खास जवान मानिसहरू हत्या गरेर मारिनेछन्।” यो सन्देश महाराजाको हो, उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।

यर्मिया 48:18

तिमीहरू दीबोनमा बसिरहेका छौ। आफ्नो सम्मानपूर्ण ठाउँबाट झरेर आऊ सुखा जमीनमा बस किनभने विनाश आइरहेछ अनि उसले तिमीहरूको दरिलो शहरहरू भत्काइदिनेछ।

Interlinear

Choose Theme