यो मिश्र हो जो नील नदी झैं आइरहेछ। यो मिश्र हो जो त्यो तीव्र नदीहरू झैं उर्लेर आईरहेछ। मिश्रले भन्दछ, ‘म आउने छु अनि पृथ्वीलाई ढाक्नेछु। म शहरहरू र त्यहाँ बस्ने मानिसहरूलाई नाश पार्नेछु।’
Cross references
“शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु, म तिनीहरूको सम्पूर्ण सम्पति लुट्नेछु। म मेरो तरवार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु।’
अश्शूरका राजाले भन्छन्, “म मात्र ज्ञानी छु। मेरो आफ्नै विवेक र शक्तिद्वारा धेरै कुराहरू गरें। मैले धेरै जातिहरूलाई पराजित गरें। मैले तिनीहरूका सम्पत्ति खोसें। अनि तिनीहरूका मानिसहरूलाई दास बनाएँ। म एकदम शक्तिशाली मानिस हुँ।
तिमीहरूले आफ्ना अधिकारीहरू परमप्रभु, मेरा मालिकलाई अपमान गर्न पठायौ। तिमीले भन्यौ, ‘म अत्यन्त शक्तिशाली छु। मसँग धेरै-धेरै रथहरू छन्। म आफ्नो शक्तिले लबानोनलाई परास्त गर्छु। म लबानोनको उच्चतम पर्वतहरूमा चढें। मैले लबानोनका सबै ठूलो रूखहरू काटेर ढाले। म ती उच्च पर्वत र जङ्गलको गहिरो भागहरूभित्र थिएँ।
भन, ‘परमप्रभु मेरा मालिक भन्नुहुन्छहे मिश्रको राजा फिरऊन! म तिम्रो विरूद्धमा छु। तिमी नील नदीको किनारमा सुतिहरने ठूलो राक्षस (अजीङ्गर) हो। तिमीले भन्यौ, “यो मेरो नदी हो! यही नदी हो जुन मैले बनाएँ।”
“हे मानिसको छोरो! फिराऊन मिश्रको राजाको विषयमा यो दुखको गीत गाऊ। उनलाई भन“‘तिमीले सोचेको थियौ तिमी शक्तिशाली जवान सिंह हौ। देशहरूमा घमण्डसँग घुम्दै थियौ तर साँच्चै तिमी एक अजिङ्गर जस्तै हौ। तिमी पानीको प्रवाहलाई ठेल्दै बाटो बनाउँछौ, अनि आफ्नो खुट्टाले पानी छ्याप्दै, नदीहरू माटै-माटो बनायौ। तिमीले मिश्रको नदीहरूलाई उत्तेजित पार्यौ।”‘