Home Bibles यर्मिया 44:18 · नेपाली बाइबल
यर्मिया 44:18 · नेपाली बाइबल

तर त्यसपछि हामीले स्वर्गकी रानीलाई बलिदानहरू छोडयौ। उनमाथि हामीले अर्घबलि चढाउन छाडयौ। जब हामीले उनलाई त्यसरी पूज्न छाडयौ प्रत्येक कुरोको अभाव हुन थाल्यो। हामी तरवार र अनिकालले मारियौ।”

Cross references

गन्ती 11:5

हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आँउछ।

अय्यूब 21:14

तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”

भजनसंग्रह 73:9

ती अंहकारीहरू आफूलाई देवता मान्दछन्! तिनीहरूले आफूलाई पृथ्वीको शासक ठान्छन्।

यर्मिया 40:12

यसर्थ यहूदाका मानिसहरू जो विभिन्न ठाउँमा छरिएर बसेका थिए यहूदामा फर्के अनि मिस्पामा गदल्याहलाई भेटे। तिनीहरूले धेरै मद र ग्रीष्म ऋतुका फलहरू बटुले।

मलाकी 3:13

परमप्रभु भन्नुहुन्छ, “तिमीले मेरो बिषयमा कुराहरू गर्यौ।” तर तिमीहरू सोध्छौ, “हामीले तपाईको बिषयमा के कुरा गर्यौं?”

मलाकी 3:14

तिमीहरूले भन्यौ, “परमप्रभुको उपासना गर्न ब्यार्थछ। हामीले ती कामहरू गर्यौ जुन परमप्रभुले गर्नु भन्नुभयो, तर हामीले केही पनि पाएनौं। हामीहरू आफ्नोपापको लागि त्यति नै दुःखीछौं जति शोकमा परेको मानिस दुःखी हुन्छ। यसबाट केही पनि काम भएन।

Interlinear

Choose Theme