Home Bibles यर्मिया 41:7 · नेपाली बाइबल
यर्मिया 41:7 · नेपाली बाइबल

तिनीहरू शहरमा पुगेका मात्र थिए, इश्माएल र उनका मानिसहरूले ती 80 जना मानिसहरूलाई मार्न थाले अनि इनारमा फ्याँकी दिए।

Cross references

1 राजा 15:28

आसा यहूदाका राजा भएको समय तेस्रो वर्षमा यो घटना भयो। अनि आशा इस्राएलका अर्का राजा भए।

1 राजा 16:10

जिम्री घरभित्र पसे अनि राजा एलाको हत्या गरे। आसा यहूदाको राजा भएको समयमा सत्ताइसौं वर्षमा यस्तो घटना भयो। तब जिम्री एलापछि इस्राएलका राजा भए।

2 राजा 11:1

अतल्याह अहज्याहकी आमा थिइन। उनले देखिन, उनको छोरा मर्यो। तब उनी उठिन अनि सबै राजाको परिवारलाई मारिन्।

2 राजा 15:25

पेकहीया रमल्याहका छोरा, पेकहीयाको सैनिक सेनापति थिए। पेकहले पचास जना गिलादी मानिसहरू उनीसँग लगे र पकहीयालाई अर्गम र एरिहसँगै सामरियामा राजमहल भित्र मारे। तब पेकह नयाँ राजा भए।

भजनसंग्रह 55:23

हे परमेश्वर तपाईंको करार अनुसार, ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ, मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।

हितोपदेश 1:16

किनभने तिनीहरू पाप कर्म गर्न सधैं अग्रसर रहन्छन् अनि तिनीहरू कसैको हत्या गर्न हतारिन्छन्।

यशैया 59:7

तिनीहरूले आफ्ना खुट्टाहरू पापमा दर्गुन चलाउँनछ। कुनै पनि निर्दोष मानिसलाई मार्नको लागि तिनीहरू हतारिन्छन्। तिनीहरूले दुष्टकुराहरू सोच्दछन्। उपद्रव एव चोरी गर्नु नै तिनीहरूको जीवनको बाटो हो।

इजकिएल 22:27

“‘यरूशलेमका बूढा-प्रधानहरू आफूले पक्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बूढा-प्रधानहरू फायदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्।

इजकिएल 33:24

“हे मानिसको छोरो! इस्राएलको ध्वंश शहरमा इस्राएलीहरू बसिरहेका छन्। तिनीहरूले भन्दैछन्, ‘अब्राहाम मात्र एउटा मानिस थियो अनि परमेश्वरले उसलाई सारा भूमि दिनुभयो। अब हामी धेरै छौ, यसकारण निश्चय नै यो हाम्रो भूमि हो। हामी यसलाई लिनेछौं।’

रोमी 3:15

“तिनीहरूका खुट्टा हत्या गर्नमा छीटो कुद्‌दछन्।

Interlinear

Choose Theme