Home Bibles ☰ Books यर्मिया 38:20 · नेपाली बाइबल
यर्मिया 38:20 · नेपाली बाइबल

तर यर्मियाले जवाफ दिए, “सिपाहीहरूले तिमीलाई ती यहूदाका मानिसहरूलाई दिने छैनन्। राजा सिदकियाह, “परमप्रभुको आज्ञा पालन गर, मैले भनेको कुराहरू मान। तब सबै कुराहरू तिम्रा निम्ति राम्रै हुनेछ, अनि तिम्रो जीवन सुरक्षित रहनेछ।

Cross references

2 इतिहास 20:20

यहोशापातका सेनाहरू बिहानै तको मरूभूमि तिर गए। तिनीहरू जसै हिंडन थाले यहोशापात उठे र भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका अगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।”

हितोपदेश 4:4

अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ।

हितोपदेश 7:2

तिमीले मेरा आज्ञाहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ। मेरो सल्लाहलाई आँखाको नानी झैं जोगाई राख।

यशैया 55:3

मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।

यर्मिया 11:4

म त्यो करार विषयमा कुरा गरिरहेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ। त्यो करार मैले त्यसबेला गरेको थिएँ जब मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। मिश्र धेरै संकटहरूको ठाउँ थियो। यो फलाम गलाउने भट्टी झैं थियो। मैले तिनीहरूलाई भने मेरा आज्ञा पालन गर अनि मैले आदेश दिएको कुराहरू गर। यदि तिमीहरूले त्यसो गर्यौ भनें, तिमीहरू मेरो मानिसहरू हुनेछौ र म तिमीहरूको परमेश्वर हुनेछु।

यर्मिया 26:13

तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्यौ भने उहाँले आफ्नो मनलाई बद्लनु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरूद्ध उद्घोषणा गर्नु भएको छ त्यो टर्नेछ।

दानियल 4:27

यसकारण, राजा, दया गरेर मेरो सल्लाह स्वीकार्नु होस् आफ्नो पाप त्यागेर धर्म पट्टि लाग्नुहोस्, अत्यचारमा परेकाहरूलाई दया देखाएर गरीब मानिस प्रतिको अधर्म त्याग्नु होस्, त्यसो गर्नाले लामो समय सम्म सफल र शान्ति प्रिय हुनुहुनेछ।”

आमोस 5:4

परमप्रभु इस्राएलका मानिससित यसो भन्नुहुन्छ, “मेरो खोजि गर्दै आऊ अनि बाँच्नेछौ

आमोस 5:6

परमप्रभुकहाँ आऊ र तिमीहरू बाँच्नेछौ। यदी तिमीहरु परमप्रभुकहाँ गएनौ भने उहाँले इस्राएल राष्ट्र माथि आगोले झैं झम्टनु हुनेछ। इस्राएल राष्ट्र आगोले ध्वस्तपारिनेछ र परमेशवरको घर समेत कोही सुरक्षित हुनेछैन।

प्रेरित 26:29

पावलले भने, “यो सजिलो अथवा अप्ठेरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिएको साङलो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।”

2 कोरिन्थी 5:11

परमप्रभुको डरको अर्थ हामी जान्दछौं। यसरकारण मानिसलाई सत्य ग्रहण गर्न हामी सघाउँछौं। हामी वास्तवमा के हौं, परमेश्वर जान्नुहुन्छ। अनि म आशा गर्छु तिमीहरू पनि आफ्नो हृदयमा हामीलाई जान्दछौ।

2 कोरिन्थी 5:20

यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं।

2 कोरिन्थी 6:1

परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ।

फिलेमोन 1:8

तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु।

Interlinear

Choose Theme