तर सिदकियाहले परमप्रभुको सन्देश प्रति ध्यानै दिएन जुन सन्देश परमप्रभुका अगमवक्ता यर्मियालाई प्रचार गर्न भनी दिनुभएको थियो। अनि सिदकियाहको कर्मचारीहरू र यहूदाका मानिसहरूले परमप्रभुको सन्देशलाई ध्यानै दिएनन्।
Cross references
तर मोशाले भने, “हे मेरो परमप्रभु! मलाई होइन, अरू कसैलाई पठाउनु होस्।”
परमप्रभुले मोशा मार्फत जे जति आज्ञा गर्नु भएको थियो हारून र तिनका छोराहरूले सबै पालन गरे।
दाऊदले भने, “नाहाश मप्रति उदार थिए। यसैले मैले पनि तिनका छोरा हानूनप्रति उद्धार बन्नुपर्छ।” त्यसैले हानूनलाई उसका पिताको मृत्युको बारे सान्त्वना प्रदान गर्न दाऊदले आफ्ना अधिकारीहरू पठाए।यसर्थ दाऊका अधिकारीहरू अम्मोनीहरूको देशमा गए।
परमप्रभुले अगमवक्ता नातानद्वारा सन्देश पठाउनुभयो, नातानले सुलेमानको नाउँ यददीया राखे। नातानले परमप्रभुको निम्ति यसो गरे।
सबै इस्राएलीहरूले उसलाई गाडे अनि उसका लागि रोए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले आफ्नो सेवक अगमवक्ता अहियाहलाई यी कुराहरू भन्न प्रयोग गर्नु भएको थियो।
यसकारण परमप्रभुले हनानीका छोरो येहू अगमवक्तालाई बोलाई पठाउनुभयो। उहाँले उसलाई बाशा अनि उसको परिवारको विरूद्धमा एउटा वचन दिनुभयो। बाशाले परमप्रभुको विरोधमा धेरै अशुभकाम गरे। यसले गर्दा परमप्रभुलाई रिस उठ्यो। बाशाले त्यही काम गरे जस्तो यारोबामको परिवारले पहिला गरेका थिए। परमप्रभु साह्रै नै रिसाउनु भएको थियो। किन भने बाशाले यारोबामको परिवारलाई मारेका थिए।
सिदकियाहले ती कामहरू गरे जसलाई परमप्रभुले गलत काम भन्नुभएको थियो। सिदकियाहले त्यही काम गरे जो यहोयाकीनले गरेका थिए।
सिदकियाह एक्काईस वर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी एघार वर्षसम्म यरूशलेममा राजा थिए।
सिदकियाहले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनी द्वारा गरिएका चाहनु हुन्थ्यो। सिदकियाहले परमप्रभुको विरूद्ध पाप गरे। अगमवक्ता यिर्मयाले परमप्रभुबाट प्राप्त भएका संन्देशहरू भने। तर सिदकियाहले स्वयंलाई विनम्र तुल्याएनन् अनि यिर्मयाले भनेका कुराहरू पालन गरेनन्।
मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ।
यदि एकजना शासकले झूटो कुरामा ध्यान दियो भने उसका सबै सेवकहरू भ्रष्ट हुन्छन्।
अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो दण्डको समय आई सक्यो। अब अन्त छेउमा छ!”
मैले अगमवक्तासित कुरा गरेकोछु र बारम्बार दर्शन दिएकोछु। मैले अगमवक्तालाई तिमीहरूको आफ्नो पाठ पढाउन धेरै तरीका पनि दिएकोछु।