Home Bibles ☰ Books यर्मिया 37:16 · नेपाली बाइबल
यर्मिया 37:16 · नेपाली बाइबल

तिनीहरूले यर्मियालाई एक तहखानाको सानो कोठामा राखे। यर्मिया त्यहाँ धेरै समय सम्म बसे।

Cross references

उत्पत्ति 40:15

मलाई हिब्रूहरूको भूमि, मेरो देशबाट बल प्रयोग गरेर निकालियो। अनि त्यस समयमा मैले कुनै भूल गरेको थिइनँ जसले गर्दा म कैदमा पर्नु पर्ने थियो।”

यर्मिया 38:6

त्यसपछि ती अधिकारीहरूले यर्मियालाई लगे अनि राजाको छोरो मल्कियाहको पानीको इनारमा फ्याँकिदिए। त्यो इनार प्रहारी चोकामा थियो। ती अधिकारीहरूले डोरी लगाएर यर्मियालाई इनारको मुनी झारे। इनारमा पानी थिएनँ, तर हिलो थियो अनि त्यो हिलोमा यर्मिया भासिए।

यर्मिया 38:10

तब राजा सिदकियाहले कूशवासी एबेदमेलेकलाई आदेश दिए “एबेदमेलेक यहाँबाट तीनजना मानिसहरू लैजाऊ अनि मर्न अघि नै यर्मियालाई इनारबाट निकाल।”

विलाप 3:53

म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए। तिनीहरूले ममाथि ढुंङ्गाहरू वर्षाए।

विलाप 3:55

हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें। मैले खाडलको पींदबाट तपाईंलाई पुकारें।

Interlinear

Choose Theme