Home Bibles यर्मिया 32:41 · नेपाली बाइबल
यर्मिया 32:41 · नेपाली बाइबल

तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हुर्काउने छु। म आफ्नो जम्मै हृदय र मनले त्यसो गर्ने छु।”‘

Cross references

व्यवस्था 30:9

परमप्रभु तिम्रा परमेश्वरले तिमी जुन सुकै काम हातमा लिन्छौ सफल तुल्याइ दिनु हुनेछ। परमप्रभुले तिम्रो सन्तानमा वृद्धि, गाई-बस्तुहरूमा बाछा-बाछीहरू वृद्धि तथा खेतवारीको अन्न तथा फल फूलहरूमा बृद्धि गराई दिनु हुनेछ। परमप्रभु तिम्रा पिता-पुर्खाहरूसँग खुशी हुनुहुन्थ्यो तिमीहरूसित पनि त्यस्तै खुशी हुनुहुनेछ।

यशैया 60:21

“तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्। ती मानिसहरूले पृथ्वी फेरि प्राप्त गर्नेछन्। मैले ती मानिसहरू सृजना गरें। तिनीहरू अद्भूत बिरूवा हुन् त्यो मैले आफ्नै हातले बनाएको हुँ।

यशैया 62:4

तिमीलाई ‘परमेश्वरले’ त्यागेका मानिसहरू फेरि कहिल्यै भनिने छैन।’ तिमीहरूका देशलाई फेरि कहल्यै यसो भन्ने छैन, ‘परमेश्वरले नाश गर्नु भएको देश।’ तिमीहरू डाकिनेछौ परमेश्वरले प्रेम गर्नु भएका मानिसहरू भनी।’ तिमीहरूको देशलाई, ‘परमेश्वरको बेहुला।’भनिने छ। किन? किनभने परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूको देश उहाँकै सम्पत्ति हो।

यशैया 62:5

जब कुनै जवान मानिसले एउटी स्त्रीलाई प्रेम गर्दछ, उसले त्यही स्त्रीलाई विवाह गर्छ। यस्तै प्रकारले, तिमीहरूका उद्धारक नै तिमीहरूका स्वामी पनि हुनु हुनेछ। एकजना मान्छे आफ्नी नयाँ दुलहीसँग अति खुशी हुँदछ। यस्तै प्रकारले तिम्रो परमेश्वर तिमीसँग खुशी हुनुहुनेछ।”

यशैया 65:19

तब म यरूशलेमसँग आनन्दित हुनेछु। म मेरा मानिसहरूसँग खुशी हुनेछु। त्यहाँ फेरि कहिल्यै पनि कोलाहल, र कष्ट हुनेछैन्।

यर्मिया 18:9

अर्को एक समय आउन सक्ला जब म एउटा राज्य अथवा जातिको बारेमा यसलाई खडा र स्थापित गराउँछु।

यर्मिया 24:6

म तिनीहरूलाई दया देखाउनेछु। म तिनीहरूलाई यहूदाको भूमिमा फर्काई ल्याउनेछु। म तिनीहरूलाई विकास गराउनेछु, नष्ट हुन दिँदिन। म तिनीहरूलाई चुडाउँदिन तर तिनीहरूलाई जगाउँछु ताकि तिनीहरूको विकास हुन सकोस्।

यर्मिया 31:28

बितेका दिनमा, मैले तिमीहरूलाई उखाल्न, तल झार्न च्यात-च्युत पार्न ध्वंस पार्न र नोक्सान गर्न नियाले। तर अहिले तिनीहरूलाई निमार्ण गर्न र तिनीहरूको र जग बासाउन म तिनीहरूलाई नियाली रहेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

इजकिएल 36:36

परमेश्वरले भन्नुभयो, “तब तिमीहरूको चारैतिरको राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ अनि म फेरि ती स्थानहरू पूनःर्निर्माण गर्नेछु। मैले भूमिहरूमा रूखहरू रोपें जुन चाहिँ उजाड थियो। म परमप्रभु हुँ। मैले यी सबै भनें अनि मैले सबै गरें।”

होशे 2:19

अनि म (परमेश्वर) तिमीलाई सधैंको निम्ति दुलही बनाउँनेछु। म तिमीलाई धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर दुलही बनाउँनेछु।

होशे 14:5

म इस्राएलको निम्ति शीत झैं बन्नेछु। इस्राएल लिली फूल झैं फुल्नेछ। लबानोन झैं त्यसको जरा फैलनेछ।

आमोस 9:15

उनीहरुलाई उनीहरुकै जमिनमा बसाउँछु अनि उनीहरु फेरि त्यो देशबाट निकालिने छैनन्। जुन मैले उनीहरुलाई दिएँ।” परमप्रभु तिमीहरुका परमेश्वरले यी कुराहरु भन्नुभयो। 

सपन्याह 3:17

परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ। उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ। उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ। तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ। उहाँ हाँस्नु हुनेछ अनि तिम्रो बिषयमा अतिनै प्रसन्न रहनुहुनेछ।

Interlinear

Choose Theme