Home Bibles यर्मिया 32:28 · नेपाली बाइबल
यर्मिया 32:28 · नेपाली बाइबल

परमप्रभुले तब भन्नुभयो, “म यरूशलेम शहर बाबेलका सेना र बाबेलका राजा नबूकदनेस्सरलाई सुम्पिरहेको छु। ती सेनाले शहर आफ्नो अधीनमा लिनेछन्।

Cross references

2 इतिहास 36:17

यसर्थ परमेश्वरले बाबेलका राजालाई यहूदा अनि यरूशलेमका मानिसहरू माथि आक्रमण गर्न निम्ति ल्याउनु भयो। बाबेलका राजाले युवाहरूलाई मन्दिरमा भएको समयमा पनि मारिदिए। यहूदा अनि यरूशलेमका मानिसहरू प्रति तिनको केही दया-माया थिएन। बाबेलका राजाले युवा अनि बृद्ध मानिसहरूलाई मारे। तिनले पुरूष अनि स्त्रीहरूलाई मारे। तिनले रोगी अनि स्वस्थ्य मानिसहरूलाई मारे। परमेश्वरले यहूदा अनि यरूशलेमका मानिसहरू दण्ड दिनु नबूकदनेसरलाई अनुमति दिन भयो।

यशैया 29:2

मैले अरीएललाई दण्डित गरें। त्यो शहर खिन्नता र विलापले परिपूर्ण भयो। तर सधैं मेरो अरीएल भई।

यर्मिया 19:7

यस ठाउँमा, म यहूदा र यरूशलेमका योजनाहरू नष्ट पारिदिनेछु। म तिनीहरूलाई आफ्नो शत्रुहरूको तरवार अघि पर्ने बनाउनेछु तिनीहरूको सम्मुख पारिदिनेछु जसले तिनीहरूको जीवन खोजिरहेका छन्। म तिनीहरूको लाशहरू जंगली जनावर र चरा चुरूङ्गिहरूको आहार बनाइदिन्छु।

यर्मिया 20:5

शहरका सम्पत्तिहरू, यसका नाफा, सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सम्पत्तिहरू तिनीहरूकै शत्रुहरूलाई नै दिनेछु। शत्रुहरू यी सबै सम्पत्तिहरू बाबेलको राजधानीमा लानेछन्।

यर्मिया 21:10

मैले यरूशलेम शहरका मानिसहरूलाई नोक्सानमा पार्न निर्णय लिएँ। म शहरलाई भलाइ गर्दिन।”‘ यो परमप्रभुको सन्देश हो “‘म यरूशलेम शहरलाई बाबेलका राजाकहाँ सुम्पनेछु। उसले यसलाई आगोले भस्म पार्नेछ।’

यर्मिया 32:3

यहूदाका राजा सिदकियाहले यर्मियालाई त्यस ठाउँमा यसो भन्दै थुनेका थिए “परमप्रभुले यो शहर बाबेलका राजालाई दिनुहुनेछ अनि उसले यसलाई नियन्त्रणमा राख्छ भनी तिमीले किन अगमवाणी गरेको?”

यर्मिया 32:24

“अनि अहिले, बाबेलवासीहरूले त्यो शहर कब्जा गर्न घेरेर राखेकाछन्। तिनीहरूले आफ्ना तरवारहरूद्वारा अनिकाल फैलाएर अनि भयानक रोगहरू फैलाएर यरूशलेममाथि विजय प्राप्त गर्नेछन्। त्यो शहर अहिले बाबेल सेनाहरूको आक्रमणमा छ। हे परमप्रभु! तपाईंले यस्तो होस् भन्नु भएकोले यस्तो भएकोछ।

यर्मिया 32:36

“तिमीहरू भनिरहेका छौ, ‘बाबेलका राजाले तरवारले अनिकाल र रूढीले यरूशलेम आफ्नो अधीनमा पार्ने छ।’ तर परमप्रभु इस्राएलका परमेश्वर यो शहरको विषयमा भन्नुहुन्छ

Interlinear

Choose Theme