हामीहरू युवास्था देखि नै झूटो देवताले हाम्रा पिता-पुर्खाहरूको सम्पत्ति नष्ट पारिदिए। तिनीहरूका भेडा, गाई-गोरूका बथानहरू अनि छोरा छोरीहरू पनि लगिदिए।
Cross references
‘तिनीहरूले हतार गरून र हाम्रा निम्ति रोइदिउन। तब हाम्रा आँखाहरू आँसूले भरिनेछन्, अनि पानीका मुहानहरू बाहिर आउनेछन्।’
“हे यहूदाका मानिसहरू! तिमीहरूसंग जति शहरहरू छन त्यति नै मूर्तिहरू छन्। लज्जापूर्ण बाल देवताको पूजा गर्न यरूशलेम शहरमा जति गल्लीहरू छन् त्यति नै वेदीहरू छन्।
मैले तिमीलाई रोटी, मह अनि भद्राक्षको तेल दिएँ। तर तिमीले त्यो खाना आफ्नो मूर्तिलाई दियौ। तिमीले ती आफ्नो असत्य देवताहरूलाई प्रसन्न पार्नका निम्ति सुगन्धको रूपमा भेटी चढायौ। तिमीले ती झूटा देवताहरूसँग वेश्या जस्तो व्यवहार गर्यौं।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।
परमेश्वरले भन्नुभयो, “तिमीले मेरोलागि जन्मेको सबै छोरा-छोरीहरू मूर्तिहरू अघि बलि चढायौ। के तिम्रा मूर्तिहरूसित यस्तो वेश्यावृति गर्नु सानो कुरो हो?
म तिम्रो बहिनीहरू तिमी भएकहाँ ल्याउँनेछु अनि म तिनीहरूलाई तिम्रो छोरीहरू बनाउँनेछु। यो हाम्रो करारमा थिएन, तर म यो तिम्रा निम्ति गर्नेछु। त्यति बेला तिमी ती डरलाग्दा पापहरू याद गर्नेछौ, जुन तिमीले गर्यौ अनि तिमी लज्जित हुनेछौ।
तिमीले गरेका ती सबै नराम्रा कर्महरूको निम्ति मैले क्षमा दिएँ। अब तिमीले त्यो सम्झना गर्ने छौ अनि लज्जित हुनेछौ। तिमीले केही पनि भन्न सक्ने छैनौ।” परमप्रभु मेरो मालिकले ती सबै कुराहरू भन्नुभयो।
“त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहें। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँन थाले।
उजाड जमीनमा कसैले अङ्गुर पाए झैं मलाई इस्राएल पाउनु थियो। तिमीहरूको पिता-पुर्खा मैले यसरी भेट्टाए जसरी पहिलो ऋतुमा कसैले नेभाराको पहिलो फल प्राप्त गर्छ। तर तिनीहरू बाल पोरकोमा गए र बाल देवताकहाँ आफूलाई अर्पण गरे। कुनै सडेको घिनलाग्दो सामान जस्तो भए। उनीहरूले जुन भयानक वस्तुलाई प्रेम गर्थे त्यस्तै भए।
त्यस मूर्तिलाई अश्शूरको महान राजालाई उपहारका निम्ति लगिएको हुन्छ। एप्रैमको लज्जित मूर्ति उहाँ लगिने छ। इस्राएल चाँहि आफ्नै मूर्तिमा लज्जित हुनुपर्नेछ।