Home Bibles ☰ Books यर्मिया 28:17 · नेपाली बाइबल
यर्मिया 28:17 · नेपाली बाइबल

अगमवक्ता हनन्याह त्यही वर्षको सातौं महीनामा मरे।

Cross references

व्यवस्था 18:20

“तर अगमवक्ताले केही कुरा भन्न सक्छ, जुन चाही मैले तिमीहरूलाई भनेको थिइनँ, अनि उसले मानिसहरूलाई भन्न सक्छ मेरो निम्ति बोल्दैछ। यदि यस्तो हुन्छ भने त्यो अगमवक्तालाई अवश्य मार्नु पर्छ। अन्य देवी-देवताहरूको निम्ति बोल्ने अगमवक्ताहरू पनि आउन सएछ। त्यस्ता अगमवक्तालाई पनि मार्नु पर्छ।

2 राजा 7:20

अधिकारीसँग ठीक त्यस्तै घटना भयो। मानिसहरूले उसलाई शहरद्वारमा हुत्त्याएर लडाए अनि उसलाई कुल्चिए र ऊ मर्यो।

यशैया 44:25

झूटा अगमवक्ताहरूले झूट बोल्दछन्, तर परमप्रभुले तिनीहरूका झूटा कुराहरू गल्ती हुन भनेर देखाउनुहुन्छ। परमप्रभुले मूर्ख मानिसहरू बनाउनु हुन्छ जसले जादू गर्दछन्। तिनीहरू सोच्दछन् कि तिनीहरू ज्यादा जान्दछ। परमप्रभुले ज्ञानी मानिसहरू सम्मलाई अन्योलमा पारिदिनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मूर्ख पार्नुहुन्छ।

यर्मिया 23:31

म झूटो अगमवक्ताहरूको विरूद्ध छु।” यो सन्देश परमप्रभुको हो, “तिनीहरूले आफ्नै शब्दहरू चलाउछन् र मेरोबाट आएको सन्देश भनेर बहाना गर्दछन्।

जकरिया 1:6

अगमवक्ताहरु मेरा सेवकहरु थिए। मैले उनीहरुलाई तिमीहरुका पिता-पुर्खाहरुलाई मेरो ब्याबस्था अनि शिक्षाहरुको बिषयमा भन्न प्रयोग गरें। अनि तिमीहरुका पिता-पुर्खाहरुले शिक्षाहरु ग्रहण गरे। तिनीहरुले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नराम्रो रहन्-सहन् अनि हाम्रो नराम्रो कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहरुले पश्चताप गरे अनि परमेश्वरकहाँ फर्केर गए।”

Interlinear

Choose Theme