Home Bibles ☰ Books यर्मिया 27:17 · नेपाली बाइबल
यर्मिया 27:17 · नेपाली बाइबल

ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ। बाबेलका राजालाई सेवा गर अनि बाँच। यो शहर किन ध्वंस होस?

Cross references

यर्मिया 7:34

म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा र्हष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”

यर्मिया 27:11

“‘ती जातिहरू ज-जसले बाबेलका राजाको सार्वभौमिकतालाई ग्रहण गर्नेछ। अनि उसको सेवा गर्नेछ, जब सम्म चाहन्छन् म तिनीहरूलाई तिनीहरूकै भूमिमा विकास हुन दिन्छु,”‘ परमप्रभुले घोषणा गर्नुहुन्छ।

यर्मिया 38:17

तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन।

यर्मिया 38:23

“तिम्रा सबै पत्नी र छोरा-छोरीहरू बाहिर ल्याइए अनि बाबेलका सेनालाई सुम्पिइयो। तिमी स्वयं पनि बाबेल सेनाबाट उम्कन पाउने छैनौ। तिमी बाबेलका राजाद्वारा लगिनेछौ अनि यरूशलेम जलेर भस्म हुनेछ।”

Interlinear

Choose Theme