मेरो विषयको कुरा र म तिमीहरूकै हातमा छु। तिमीहरूलाई जे ठीक लाग्छ त्यही गर।
Cross references
अब हामी तपाईंहरूका दासहरू हौं। तपाईं जे उचित ठान्नु हुन्छ तपाईंले गर्न सक्नु हुन्छ।”
तर यदि परमप्रभु मसित खुशी हुनुहुन्न् भने उहाँले मलाई जे पनि गर्नसक्नु हुन्छ।”
राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देख्नु हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
अनि राजाले हामानलाई भने, “तिमीलाई जे इच्छा लाग्छ त्यहिगर तर चाँदी चाहि आफूसंग राख।”
यसकारण राजा सिदकियाहले ती अधिकारीहरूलाई भने, “यर्मिया तिमीहरूको नियन्त्रणमा छ। म तिनीहरूलाई रोक्न केही गर्नु सक्तिन।”
शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबूकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यक्ता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं।