“कुमालेको घरमा जाऊ अनि म त्यहाँ तिमीलाई मेरा बचनहरू सुनाउनेछु।”
Cross references
त्यस बेला, परमप्रभुले आमोसका छोरा यशैयाद्वारा बोल्नुभयो, “जाऊ, तिम्रा कम्मरबाट उदासपूर्ण लुगाहरू खोलेर फ्याँक। खुट्टाहरूबाट जुत्ताहरू खोल।” यशैयाले परमप्रभुको आज्ञा पालन गरे। अनि यशैया निवस्त्र र खाली खुट्टा वरिपरि हिंडे।
परमप्रभुले मलाई जे भन्नुभयो त्यो यही हो “यर्मिया, जाऊ अनि सुतीको लुगा किनेर। तिम्रो कम्मरमा वरिपरि बाँध। यसलाई भिज्न नदेऊ।”
परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, जाऊ अनि कुमालेकोबाट माटोको भाँडो किन। मानिसहरूका केही प्रमुखहरू र पूजाहारीहरू कहाँ लैजाऊ।
तर यदि तिनीहरू मेरो महासभामा बसेका भए, तिनीहरूले मेरो यहूदाका मानिसहरूलाई मेरो सन्देशहरू भन्ने थिए। तिनीहरूले ती मानिसहरूलाई नराम्रो कामहरू गर्न देखि रोक्न सक्थे।”
“हे मानिसको छोरो! एउटा ईटाँका पाटा लिएर। त्यसमा एउटा नक्सा बनाऊ। एउटा शहरको अर्थात यरूशलेमको एउटा नक्सा बनाऊ।
तब परमप्रभुले मलाई यो दर्शन देखाउनुभयोः यस दर्शनमा उहाँ साहुलले चिन्ह लगाएर बनाएको पर्खाल नजिक हुनुहुन्थ्यो। अनि उहाँले आफ्ना हातमा साहुलसमातिरहनु भएको थियो।
उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”
अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो।