ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्। सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्। मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने अनि चोट पुर्याउनेछैन्।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
Cross references
तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यस्तो काम गरेको हुनाले तँलाई अन्य पशुहरु’ गाई-वस्तु र अरु सबै जंङ्गली पशुहरुलाईभन्दा अझै ज्यादा श्राप दिनेछु।” तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस्।
त्यसपछि परमेश्वर नै सबै जातिहरूकालागि न्यायाधिश हुनुहुनेछ। उहाँले विवादका कुराहरू मानिसहरूकै लागि अन्त गर्नुहुनेछ। ती मानिसहरूले लडाइँ गर्ने आफ्ना हात-हतियारहरू बन्द गर्नुहुनेछ। तिनीहरूले आफ्ना तरवारबाट हलोको फाली बनाउनेछन्। अनि तिनीहरूका आफ्ना चलाउने भालाहरूबाट घाँस काट्ने हँसिया बनाउनेछन्। मानिसहरू एक अर्कोको विरूद्धमा लडाइँ लड्न छाड्ने छन्। मानिसहरूले फेरि कहिल्यै पनि युद्धकालागि तालिम लिने छैनन्।
त्यसबेला ब्वाँसोहरू थुमाहरूसंग चुपचाप बस्ने छन्। अनि बाघहरू पाठाहरूसंग बस्नेछ। सिंहहरू, बाछा र भैंसीहरूसंग मिलेर बस्नेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ।
गाई र भालूहरू एकैसाथ बस्नेछन्। तिनीहरूका सबै बच्चाहरूसंगै बस्नेछन् अनि एका अर्कामा कष्ट पैदा गर्ने छैनन्। गाई-गोरूहरूले जस्तै सिंहहरूले पनि घाँस खानेछन्।
यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किन? किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्।
त्यस बाटोमा कुनै प्रकारको खतरा हुने छैन्। त्यहाँ मानिसहरूलाई घात पार्ने कुनै सिंहहरू हुने छैन्। त्यस बाटोमा कुनै प्रकारको हिसंक पशुहरू हुने छैन्। परमेश्वरले मानिसहरूको लागि त्यो बाटो जोगाई राख्नु भएको हो।
“तर तिमीहरूले परमप्रभुलाई त्याग्यौ, यसैले तिमीहरू दण्डित हुनेछौ। तिमीहरूले मेरो पवित्र पर्वत भुल्यौ। तिमीहरूले भाग्यलाई मान्न थाल्यौ। तिमीहरूले झूटो देवताहरूको भाग्य-देवलाई मान्न थाल्यौ।
“यदि तिनीहरूले गरेको नराम्रो कर्महरूमा लज्जित हुन्छन् भने मन्दिरको ढाँचा विषयमा बुझाइदेऊ। त्यो कसरी निमार्ण गरिन्छ यसको प्रवेशद्वारहरू कस्तो हुनेछ, निस्कने द्वारहरू अनि सबै आकृतिहरू जो त्यसमा हुनेछन् ती सबै तिनीहरूले सिकुन। तिनीहरूलाई यसको सबै नमूनाहरू अनि विधिहरूको विषयमा सिकाऊ अनि तिनीहरू लेखिदेऊ जसबाट ती सबै तिनीहरूले देख्न सकुन्। त्यसपछि तिनीहरू मन्दिरको सबै नमूनाहरू अनि सबै विधिहरू पालन गर्नेछन्। तब तिनीहरूले ती सबै गर्न सक्छन्।
उहाँले देशमा बिभिन्न मानिसहरुका बीच इन्साफ गर्नु हुनेछ र टढा सशक्त सामर्थी जातिहरुको झगडाको फैसला गर्नु हुनेछ। तिनीहरुले आफ्ना तरवारहरु पिटेर हलोको फाली र भालाहरु चाँहि हँसिया बनाउनेछन्। जाति-जातिहरुले एक-अर्काको बिहरुद्धमा तरवार चलाउने छैनन्, न त तिनीहरुले कहिल्यै लडाईं गर्न सिकनेछन्।
तिनीहरुले जमीनमा घस्रने साँपले झैं धूलो चाट्नेछन्, र तिनीहरु डरले काम्नेछन्। तनीहरु परमप्रभु हाम्रा परमेश्वरकहाँ घस्रने किरा झैं तिनीहरुका किल्लाहरुबाट आउँनेछन्। तिनीहरु तिमीहरुसित डराउँनेछन्।
परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।”
त्यससमय प्रत्तेक सर-सामान परमप्रभुको हुनेछ। यहाँ सम्म कि घोडाहरूको घण्टीमा परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि परमप्रभुको मन्दिरमा प्रयोग गरिने सबै भाँडाहरू त्यस्तै महत्वपूर्ण हुन्छन् जस्तो वेदीमा प्रयोग गरिने कचौराहरू महत्वपूर्ण हुन्छ।
त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए।
त्यसपछि उनले अलिकति भोजन गरेर पुन शक्ति प्राप्त गरे।शावाल केही दिनसम्म चेलाहरूसंग दमीशकमा बसे।
परमेश्वर जसले शान्ति ल्याउनु हुन्छ उहाँले शैतानलाई चाँडै हराउनु हुनेछ र उहाँले तिमीहरूलाई त्यसमाथि शक्ति प्रदान गर्नु हुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूलाई होस्।