मानिसहरूलाई हेर! बादलहरू आकाश्मा छिटो उडेजस्तै तिनीहरू तिमीहरू कहाँ आतुरिन्दै आइरहेछन् मानौ तिनीहरू ढुकुरहरू आफ्ना गुँडहरूमा जान उडिरहे जस्तै तिनीहरू आउँदैछन्।
Cross references
त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाइ दिए।
टाढामा भएका सारा मानिसहरूले ती झुटा देवताहरू पछ्याउन छोडनु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ।
तब तिमीहरू स्वयंले भन्नेछौ, “कसले मलाई यी सारा नानीहरू दिए? यो राम्रो हो। म दुखी र एक्लै थिएँ। म पराजित भएको थिएँ र आफ्ना मानिसहरूबाट टाढा भएको थिएँ। यसकारण कसले मलाई यी नानीहरू दिए? हेर, म एक्लै छाडिएको थिएँ। यी सारा नानीहरू कहाँबाट आए?”
आफ्नो वरिपरि हेर! देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ। ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्। अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्।
मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुर्सीमा आसन लिनछन्
हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउछ भने त्यसलाई फ्याँकनु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ।
त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरु थिए। तिनीहरु पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरु थिए। तिनीहरु सिंहासन अनि भेंडाको पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरु सबै सेतो पोशाकमा थिए अनि तिनीहरुका हातमा खजूरका हाँगा थिए।