“बोक्सीहरूका छोरा-छोरीहरू, तिमीहरू यता आऊ। तिम्रो पिता व्यभिचारका दोषी छन्। अनि तिम्रा आमाले शारीरिक सहवासको निम्ति आफ्नो शरीर बेच्छे।
Cross references
म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरुले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरुले पनि तिनीहरुको कुर्कुचामा डस्ने छन्।”
परमेश्वर भन्नुहुन्छ, “यरूशलेमलाई हेर! ऊ यस्तो शहर थिई जसले मलाई भरोसा गरी अनि मेरो अनुसरण गरी। के कारण थियो एक वेश्या हुन बाध्य भई अहिले मलाई पछ्याउँदिन। यरूशलेमको न्याय गरीनेछ। यरूशलेमका बासिन्दाहरू परमेश्वरले मन पराउनु हुने बाटोमा हिँड्नु पर्छ। तर अहिले त्यहाँ हत्याराहरू मात्र बस्छन्।
“त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला हौऊ। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्। जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्।
योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि उ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई।
यहूदाले आफू वेश्या झैं कर्म गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी।
परमप्रभुबाट होशेलाई नै यो पहिलो वचन थियो। परमप्रभुले भन्नुभयो, “जाऊ, गएर एउटी वेश्यालाई पत्नी बनाऊ र त्यसको वेश्यावृतिबाट जन्मिएको सन्तानलाई आफ्नो बनाऊ किन? किनभने यस देशका मानिसहरूले वेश्याहरू जस्तै काम गर्छन्। तिनीहरू परमप्रभुदेखि अविश्वासी भइरहेका छन्।”
म उसका नानीहरूलाई कुनै दया देखाउँने छैन, कारण तिनीहरू सबै वेश्यावृतिबाट जन्मिएका नानीहरू हुन्।
“यसकारण, म तिम्रो बाटो काँडाले बन्द गरिदिने छु। म पर्खाल पनि खडा गर्नेछु तब तिनले तिनको बाटो पाउन सक्ने छैनन्।
जाति-जातिहरुलाई यो बताई देऊ, युद्धकोलागि तयारिबस! सुरबिरहरुलाई बोलाउ, सम्पूर्ण योद्धाहरुलाई भेलागर। उनीहरुलाई जगाऊ!
धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, ‘हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्वोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?
ए साँपहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ।
दुष्ट र पापी मानिसहरूले चिन्हको निम्ति चमत्कार खोज्छन्। तर तिनीहरूलाई योनाको चिन्ह।बाहेक अरू चिन्ह देखाइनेछैन।’ त्यसपछि अन्त कतै जानका निम्ति उहाँले त्यो स्थान छोडनु भयो।
तिमीहरू सर्पहरू हौ। तिमीहरू विषालु सर्पका संन्तानहरू हौ। परमेश्वरदेखि तिमीहरू उम्कन सक्दैनौ। तिमीहरू सबै दोषी पाइनेछौ अनि नरकमा जानेछौ।
यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू साँपहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो?