Home Bibles यशैया 51:21 · नेपाली बाइबल
यशैया 51:21 · नेपाली बाइबल

मलाई ध्यान देऊ, दुखी यरूशलेम। तिमीहरू दाखरस नपिएता पनि एउटा मद पिउने मानिस जस्तै कमजोर छौ। तिमीहरू त्यस, “विषको कचौराबाट” कमजोर छौ।

Cross references

यशैया 29:9

आश्चर्यचकित र छक्क पर। तर दाखरस पिएर होइन तिमी घरमरिदै लड्नेछौ।

यशैया 51:17

जाग जाग! यरूशलेम, उठ! परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो। यसैकारण तिमीहरू दण्डित भयौ। यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पर्थ्यो अनि तिमीहरूले यसलाई पियौ।

यशैया 54:11

तिमी गरीब शहर! शत्रुहरू तूफान सरह तिमीहरूका विरूद्ध आई लागे। अनि कसैले पनि सान्त्वना दिएनन्। तर म फेरि तिमीलाई निर्माण गर्छु ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिमीलाई बनाउनेछु। म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु।

विलाप 3:15

परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो। उहाँले कपको वीटसम्म भर्नु भयो र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।

Interlinear

Choose Theme