Home Bibles यशैया 46:8 · नेपाली बाइबल
यशैया 46:8 · नेपाली बाइबल

“तिमीहरूले पाप गरेकाछौ, तिमीहरूले ती कुराहरूको बारेमा फेरि विचार गर्नुपर्छ। ती कुराहरूलाई सम्झ र बलियो हौ।

Cross references

व्यवस्था 32:29

यदि तिनीहरू ज्ञानी भए तिनीहरूले बुझ्ने थिए, तिनीहरूले जान्ने थिए तिनीहरूलाई के हुनेछ।

भजनसंग्रह 115:8

मानिसहरू जसले तिनीहरूलाई बनाउँछन् र तिनीहरूमाथि भरोसा गर्छन् तिनीहरू त्यस्तै हुन्छन्!

भजनसंग्रह 135:18

तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्। किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे।

यशैया 44:18

ती मानिसहरूले जान्दैनन् तिनीहरूले के गरिरहेकाछन्। तिनीहरूले बुझ्दैनन्। तिनीहरूका आँखा बन्द भए जस्तै छन, यसैले तिनीहरूले देख्न सक्दैनन्। तिनीहरूको हृदयले बुझ्ने कोशिश गर्दैनन्।

यशैया 47:7

तिमीले भन्यौ, ‘म सदा-सर्वदा बाँच्नेछु। म सधैं नै रानी हुनेछु।’ तिमीले ती मानिसहरू प्रति गरेको नराम्रो कुराहरूमा तिमीहरूले ध्यानै दिएनौ। तिमीले के हुने होला भनेर सोच्दा पनि सोचेनौ।

यर्मिया 10:8

अन्य जातिका मानिसहरू लठुवा र मूर्ख छन्। तिनीहरूका शिक्षा काठको महत्वहीन मूर्तिहरूबाट आउँछन्।

इजकिएल 18:28

त्यो मानिसले देख्यो कि ऊ कति नराम्रो थियो अनि मकहाँ आयो। उसले ती नराम्रो पापहरू गर्न छोडिदियो जुन उसले भूतकालमा गरेको थियो यसकारण ऊ बाँच्नेछ। ऊ मर्नेछैन!”

हाग्गै 1:5

यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड।

हाग्गै 1:7

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच!

लूका 15:17

तब उसले आफूलाई मूर्ख भएको अनुभव गरयो। उसले भन्यो, मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ । तर म यहाँ भोकले मर्न लागेको छु।

1 कोरिन्थी 14:20

दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराम्रा कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन।

एफिसी 5:14

अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः“जाग, हे निदाएकाहरू हो! मृत्युबाट उठ अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”

Interlinear

Choose Theme