Home Bibles यशैया 41:21 · नेपाली बाइबल
यशैया 41:21 · नेपाली बाइबल

परमप्रभु, याकूबका राजाले भन्नहुन्छ, “आऊ मलाई तिमीहरूका वाद-विवादहरू बताऊ। मलाई तिमीहरूका प्रमाणहरू देखाऊ, अनि हामी ती कुराहरू ठीक रहेछन् भनेर निर्णय गर्नेछौ।

Cross references

अय्यूब 23:3

म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनु हुन्छ, तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।

अय्यूब 31:37

यदि परमेश्वरले त्यसो गर्नुभयो भने, तब मैले गरेका सारा कुराहरू म व्याख्या गर्न सकूँला। म परमेश्वर नजिक मुखिया सरह आफ्नो शिर उच्च गरेर आउँन सकौं।

अय्यूब 38:3

अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस।

अय्यूब 40:7

“अय्यूब, आफैलाई संभाल अनि मैले सोधेको प्रश्नहरूको जवाफ दिन तयार होऊ।

यशैया 1:18

परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिउँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू ऊन जस्तो सेतो हुन सक्छौ।

यशैया 33:22

तर त्यहाँ कुनै पनि शत्रुहरूका नावहरू र शक्तिशाली जहाजहरू छैनन्। तिमीहरू जो त्यस नाँवहरूमा काम गरिरहेछौ तिमीहरू डोरीहरू सहित ती कामबाट भाग्न सक्छौ। तिमीहरू एकदम दरिलो खम्बा बनाउन सक्दैनौ। तिमीहरू पालहरू खोल्न सक्ने हुँदैनौ। किन? किनभने परमप्रभु नै हाम्रा न्यायकर्ता हुनुहुन्छ।

यशैया 41:1

परमप्रभुले भन्नुहुन्छ, “टाढामा भएका देशहरू, शान्त बन र मकहाँ आऊ। जातिहरू बालवान होऊ। मकहाँ आऊ र बोल। हामी साथ साथै भेट्नेछौं, अनि को ठीक हो भनेर निर्णय गर्नेछौं।

यशैया 43:9

सबै मानिसहरू र जाति-जातिहरू राष्ट्र एकैसाथ भेला हुनुपर्छ। हुन सक्छ तिनीहरूका झूटा देवताहरू मध्ये एकजनाले प्रारम्भमा के भएको थियो बताउन चाहन्छ। तिनीहरूले आफ्ना कुरालाई प्रमाणित पार्नलाई साक्षीहरू पनि ल्याउनु पर्छ। साक्षीहरूले साँचो कुरा बोल्नु पर्छ। तब तिनीहरू ठीक रहेछन् भन्ने साबित हुनेछ।

यशैया 43:15

म परमप्रभु तिमीहरूका परमपवित्र हुँ। मैले इस्राएल बनाएँ, म तिमीहरूका राजा हुँ।”

यशैया 46:10

“शुरूमा मैले जो कुराहरू भने ती अन्तमा हुनेछन्। धेरै वर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु।

मीका 6:1

परमप्रभुले जे भन्दै हुनुहुन्छ त्यसलाई ध्यानदेऊ, “उठ अनि पहाडको सामुन्ने खडा हौ। अनि फरि उहाँलाई आफ्नो कथाको पक्ष सुनाऊ। पहाडहरुलाई आफ्नो कथा सुनाऊ।

Interlinear

Choose Theme