यशैया 40:7 · नेपाली बाइबल
परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ अनि घाँस मर्नेछ र फुल झर्नेछ।” हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्।
Cross references
अय्यूब 41:21
अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ लेबीयथानको सासले कोईला जलाउँदछ।
भजनसंग्रह 90:5
हामीलाई कसिंगर जस्तै बढार्नुहुन्छ। हाम्रो जीवन बिहानै हराएर विलाई जाने सपना जस्तै छ। हामी घाँस जस्तै छौ।
भजनसंग्रह 103:15
हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ। हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ।
यशैया 51:12
परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो बाँच्छन र मर्छन तिनीहरू मानिस जातिहरू हुन तिनीहरू घाँस जस्तै मर्दछन्।”