Home Bibles यशैया 37:13 · नेपाली बाइबल
यशैया 37:13 · नेपाली बाइबल

हमातका राजा कहाँ छन्? अर्पादका राजाकहाँ छन्? सपर्वेमका राजा कहाँ छन्? हेना र इब्बाका राजाहरू कहाँ छन्? तिनीहरू सबैलाई ध्वंश पारियो।

Cross references

2 राजा 17:24

अश्शूरका राजाले इस्राएलीहरूलाई सामरियाबाट बाहिर लगे। त्यसपछि अश्शूरका राजाले बाबेल कूता, अब्बा, हमात र सपर्वेमबाट मानिसहरू ल्याए। उनले ती मानिसहरूलाई सामरियामा बस्न लगाए। ती मानिसहरूले सामरियामा अधिकार जमाए अनि वरिपरि शहरहरूमा बस्न थाले।

2 राजा 17:30

बाबेलका मानिसहरूले झूटा देवता सुक्कोत-बनोत बनाए। कूतका मानिसहरूले झूटा देवता नेगेल बनाए। हमातका मानिसहरूले झूटा देवता अशीमा बनाए।

2 राजा 18:34

हमात र अपार्दका देवताहरू कहाँ छन? सपवैम, हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले मबाट सामरियालाई बचाउन सके?

2 राजा 19:13

हमातका राजा कहाँ छन्? अर्पादका राजा? रूपवैम शहरका राजा? हेना अनि इव्वाका राजा? तिनीहरू सबै नै खतम भए।

यशैया 10:9

कल्नो शहर कर्कमीश शहर जस्तो हो। अनि अर्पाद हमात शहर जस्त हो। सामरिया शहर दमीशक शहर जस्तो हो।

यशैया 36:19

हमात र अर्पादका देवताहरू कहाँ छन? तिनीहरू परास्त भए। सपर्बेमका देवताहरू कहाँ छन्? तिनीहरू परास्त भए,! के तिनीहरूले शक्तिद्वारा सामरियालाई बचाए? होइन।

यर्मिया 49:23

यो सन्देश दमिशक शहरसित सर्म्पकित छ“हमात र अर्पादका शहरहरू भयभीत छन् किनभने तिनीहरूले कुल्छिनको खबर सुनेका छन्। तिनीहरू डरले पग्लिए। तिनीहरू शान्त हुन नसक्ने समुद्र झैं कष्टमा छन्।

Interlinear

Choose Theme