Home Bibles यशैया 33:19 · नेपाली बाइबल
यशैया 33:19 · नेपाली बाइबल

अरू जग्गाबाट आएका ती अधिकारीहरू र कर उठाउनेहरू कहाँ गएका छन्? जसले हाम्रा सतर्कता संरक्षण गरे ती गुप्तचर कहाँ छन? तिनीहरू सबै गए। तिमीहरूले फेरि तिनीहरूलाई देख्ने छैनौं।

Cross references

प्रस्थान 14:13

तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ यही उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ।

व्यवस्था 28:49

“परमप्रभुले तिमीहरूसित लडाँई गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछ तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ।

2 राजा 19:32

“यसकारण परमप्रभु अश्शूरका राजाको बारेमा यस्तो भन्नुहुन्छःउ यस शहरमा आउने छैन। उ यस शहरमा एउटा पनि तीर चलाउँनेछैन। उ यस शहरमा आफ्नो ढाल ल्याउने छैन। उ फोहोर माटो को थुप्रो बनाउने छैन यस शहरका भिन्ताहरूमाथि आक्रमण गर्नेछैन।

यशैया 28:11

परमप्रभुले यस्तो प्रकारको नयाँ कुरा गर्नुहुन्छ। अनि उहाँले ती मानिसहरू सित बोल्न अन्य भाषाहरू चलाउनु हुन्छ।

यशैया 37:34

उनी जुन बाटो आएका थिए त्यही बाटो फर्केर जान्छन् उनी यस शहरभित्र आउने छैनन, भनेर परमप्रभु भन्नुहुन्छ।

यशैया 37:37

यसैले अश्शूरका राजा, सनहेरीब, निनवेमा गए अनि त्यहाँ बसे।

यर्मिया 5:15

हे इस्राएलको घराना हो! यो सन्देश परमप्रभुबाट आएको हो, “म तिमीहरूमाथि आक्रमण गराउनु एउटा जाति धेरै टाढाबाट ल्याउँदैछु। यो एउटा सामर्थी जाति हो। यो एउटा प्राचीन जाति हो। त्यसको भाषा तिमीहरूले जान्दैनौ। तिनीहरूले के भन्छन् त्यो तिमीहरू बुझ्दैनौ।

इजकिएल 3:5

मैले तिमीलाई कतै विदेशहरू पठाएको होइन, जसको भाषा तिमी बुझ्दैनौ। तिमीले अर्को भाषा सिक्नु पर्नेछैन। मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु।

इजकिएल 3:6

मैले तिमीलाई विभिन्न देशहरूमा पठाएको होइन जहाँका मानिसहरू यस्तो भाषाहरू बोल्छन् जुन तिमीले बुझ्दैनौं। यदि तिमी तिनीहरूकहाँ गई कुरा गर्छौ तब तिनीहरूले तिम्रो कुरा सुन्नेछन्।

1 कोरिन्थी 14:21

व्यवस्थामा लेखिएको छः“विभिन्न भाषा बोल्ने मानिसहरू लिएर अनि विदेशीहरूकै ओठ चलाएर तिनीहरूसित म बोल्छु, तथापि तिनीहरूले मलाई सुन्दैनन्।”

Interlinear

Choose Theme