त्यहाँ अगुवाहरूले गर्नु पर्ने केही कुरा छैन्। ती अगुवाहरू “उद्भिदको टाउको र पुच्छरहरू हुन्।” तिनीहरू “टुप्पाहरू र काण्डहरू हुन्।”
Cross references
तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ। तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।
यदि कसैले कडा परिश्रम गर्यो भने उसले इच्छा गरेको वस्तु पाउँछ, तर यदि कसैले कुरा मात्र गरिरहन्छ भने तब त्यो गरीब हुँदै जान्छ।
परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुनेछ, तर तिनीहरू पाप गर्न रोकिने छैनन्। पाप गरिनै रहनेछन्। तिनीहरू उहाँ प्रति फर्किने छैनन्। तिनीहरूले सेनाहरूका परमप्रभुलाई पछ्याउने छैनन्।
तब परमप्रभुले इस्राएलको टाउको र पुच्छर काटी फालिदिनु हुनेछ। परमप्रभुले मुख्य फेद र हाँगाहरू काटेर फालिदिनु हुनेछ।
चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरु होस् अथवा नहोस्, गोठहरुमा केही गाईहरु होस् अथवा नहोस्।
परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न,नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु।“
शातिपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्धा याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहरूलाई यी कार्यहरू गर भनी बातइसकेका छौं।