Home Bibles यशैया 18:6 · नेपाली बाइबल
यशैया 18:6 · नेपाली बाइबल

ती दाखका बोट-बिरूवाहरू पर्वतहरूबाट आउने चरा-चुरूङ्गीहरू र वन जनावरका निम्ति छोडिनेछ। चरा-चुरूङ्गीहरू त्यस दाखका बोटहरूमा ग्रीष्म कालको दिनमा बस्नेछन्। अनि जाडो महीनामा वनका पशुहरूले ती सबै खानेछन्।

Cross references

यशैया 14:19

तर ए दुष्ट राजा तिमी आफ्नै चिहानबाट स्वयं फ्याँकियो। तिमी हागाँ हो जो रूखबाट काटिएर टाडो फ्याँकिएको छौ। तिमी युद्धमा ढलेको मृत मानिस जस्तो छौ जसमाथि अन्य सिपाहीहरूले कुल्चेर हिडदछन्। अहिले तिमी अन्य मृत मानिस जस्तो देखिन्छौ। तिमी कात्रोमा बेरिएका छौ।

यशैया 34:1

सारा जाति जातिका मानिसहरू हो नजिकै आओ र ध्यान दिएर सुन्। तिमीहरू सबैले एकदम ध्यान दिएर सुन्नुपर्छ। पृथ्वीमाथि भएका सबै मानिसहरूले यी कुराहरू सुन्नुपर्छ।

यशैया 56:9

जङ्गलमा भएका जङ्गली जानवरहरू, आउँछन् र खान्छन्।

यर्मिया 7:33

लाशहरू चरा चुरूङ्गी र जंगली पशुहरूको खाद्य बनिनेछ। त्यहाँ चराहरू र जानवरहरूलाई धपाउनु कोही पनि जीवित रहनेछैन।

यर्मिया 15:3

म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।

इजकिएल 31:13

अब त्यो भाँचिएको रूखमा आकाशका सबै पक्षी बस्नथाले अनि यसको लडेको हाँगामा जङ्गली पशुहरू हिँड्न थाले।

इजकिएल 32:4

त्यसपछि तिमीलाई सुख्खा जमीनमा झारिदिन्छु! म तिमीलाई खेतमा फ्याँकिदिन्छु। तिमीलाई खानका निम्ति म सबै पंक्षीहरू बोलाउँछु। म प्रत्येक ठाँउबाट जङ्गली पशुहरू तिमीलाई खान अनि पेट भर्नका निम्ति बोलाउँछु।

इजकिएल 39:17

परमप्रभु मेरा मालिकले यसो भन्नुभयो, “हे मानिसको छोरो! मेरो लागि पंक्षीहरू, अनि जङ्गली पशुहरूसँग केही भन। त्यसलाई भन, ‘यहाँ आऊ। यहाँ आऊ, एक ठाँउमा भेला हौ। आऊ यो बलि खाऊ जुन मैले तिमीहरूको निम्ति तयारी बनाई रहेको छु। त्यो इस्राएलको पर्वतमा एउटा विशाल बलिदान हुनेछ। आऊ, मासु खाऊ अनि रगत पिऊ।

प्रकाश 19:17

त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पक्षीहरुलाई भने, “परमेश्वरको महाभोजमा सम्मिलित हुनु एक साथ आऊ।

Interlinear

Choose Theme