Home Bibles यशैया 14:8 · नेपाली बाइबल
यशैया 14:8 · नेपाली बाइबल

तिमी एकजना पापी राजा हौ र अहिले तिमी समाप्त भएकाछौ। सल्लाका रूखहरूसमेत आनन्दित छन्। लबानोनको देवदारका रूखहरू पनि आनन्दित छन्। ती रूखहरू भन्दछन्, “राजाले हामीलाई ढाले। तर अहिले राजा आफै ढलेका छन् फेरि कहिल्यै उठ्नु हुने छैन्।”

Cross references

यशैया 55:12

तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्।

इजकिएल 31:16

मैले रूखलाई ढालिदिएँ अनि रूख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले रूखलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै रूख अर्थात लबानोनको सर्वोत्तम रूखले त्यो पानी पिए। ती सबै रूखहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे।

जकरिया 11:2

बाशानका सल्लोको रूखहरू रूनेछन् किनकि देवदारका रूखहरू लडे। महान रूखहरू ध्वंश गराइए। बाशानका फलाँटका रूखहरू त्यो जङ्गलको निम्ति रोऊ जुन काटिएकाछन्।

Interlinear

Choose Theme