ती पूजाहारीहरू दशांश पाउँछन् तर ती सबै बाँच्ने मानिसहरू मात्र हुन्। तर मल्कीसेदेक जसले अब्राहामबाट दशांश पाए, सदाकाल बाँचिरहन्छन्, जस्तो धर्मशास्त्रले भन्छ।
Cross references
येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।
येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।
केही समय पछि बाटै मलाई संसारमा मान्छेहरूले फेरि देख्नेछैन। तर तिमीहरूले मलाई देख्नेछौं। तिमीहरू बाँच्नेछौं किनभने म बाँच्छु।
ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए।
धर्मशास्त्रको अर्को भागमा उहाँले भन्नुभयो“मल्कीसेदेक जस्तो तिमी सदा सदाको लागि पूजाहारी बन्ने छौ।”
येशू अघिबाटै त्यस ठाउँमा पसिसकनुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।
अन्य पूजाहारीहरूलाई पूजाहारी भइरहनबाट मृत्युले रोक्यो। त्यसैले धेरै पूजाहारीहरू भए।
ख्रीष्ट परम पवित्र स्थानमा जानु भयो जुन स्थान मानिसले बनाएको थिएन। त्यो नक्कल थिएन तर मौलिक स्थान थियो। ख्रीष्ट हाम्रो सहायताका निम्ति परमेश्वरको अघि अहिले देखापर्न स्वर्गनै जानु भयो।
सबैले एकपल्ट मर्नैपर्छ। मरेपछि उसको न्याय हुन्छ।
म नै एक हुँ जो बाँचेको छु। नडराउ। म नै आदि अनि अन्त हुँ। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसंग मृत्यु र पातालको साँचोहरु छन्।