Home Bibles हिब्रू 7:13 · नेपाली बाइबल
हिब्रू 7:13 · नेपाली बाइबल

हामी यो कुरा ख्रीष्टको बारेमा भन्दैछौं। उहाँ अर्कै उपजातिका हुनुहुन्थ्यो। त्यस उपजाति कसैले पनि वेदीमा कहिल्यै सेवा गरेका थिएनन्।

Cross references

गन्ती 16:40

तिनले यो काम मोशा मार्फत पाएको आज्ञा अनुसार गरे। त्यो वेदी ढाक्ने पाता चाँहि इस्राएलको मानिसहरूका निम्ति याद दिलाउने एक चिन्ह हुनेछ कि हारूनको सन्तान बाहेका अन्य कुनै अनाधिकृत मानिसले परमप्रभु अघि धूप जलाउने छैन नत्र कोरह र उसको अनुयायीहरू झैं ऊ मर्ने छ।

गन्ती 17:5

उसको लौरोमा नयाँ पालुवाहरू पलाउनेछन्। यस प्रकारले तिम्रो र मेरो विरोध गर्ने मानिसहरूलाई म रोक्छु।”

2 इतिहास 26:16

तर जब उज्जियाह शक्तिशाली भए तिनको घमण्डको कारणले तिनलाई नष्ट पार्थ्यो। तिनी परमप्रभु तिनका परमेश्वर प्रति विश्वसनीय थिएनन्। तिनी परमप्रभुको मन्दिर भित्र धूप बाल्ने वेदीमा धूप बाल्न गए।

हिब्रू 7:11

यदि लेवी पूजाहारी-पद्धतिबाट आत्मिक पूर्णता पाउन सके अनि यदि यसै पूजाहारी-पद्धतिको आधारमा यी मानिसहरूलाई नियम दिइएको भए, हारूनको पूजाहारी दर्जाबाट नआई मल्कीसेदेकको पूजाहारी दर्जामा अर्कै पुजाहारी आउने के दरकार थियो?

हिब्रू 7:14

यो स्पष्ट छ कि हाम्रा प्रभु यहूदाको वंशबाट आउनुभयो तर मोशाले त्यस वंशबाट पूजाहारीहरू हुने बारे केही कुरा गरेनन्।

Interlinear

Choose Theme