हिब्रू 7:10 · नेपाली बाइबल
लेवी त्यस बेला जन्मेका थिएनन्। उनी त आफ्ना पुर्खा अब्राहामकै शरीरमा थिए जब मल्कीसेदेकेलाई अब्राहामले भेटे।
Cross references
उत्पत्ति 35:11
परमेश्वरले उसलाई भन्नु भयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्।
उत्पत्ति 46:26
याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।)
1 राजा 8:19
तर तिमी नै त्यो मानिस होइनौ जसलाई मैले मन्दिर बनाउनका लागि रोजेको छु। तिम्रो छोराले मेरो मन्दिर बनाउने छ!’
हिब्रू 7:5
अब नियमले भन्छ, लेवीको सन्तानबाट जो पनि पूजाहारीहरू बनिन्छन्, मानिसहरूबाट उसले दशांश पाउनु पर्छ। पूजाहारीहरू र तिनका मानिसहरू दुवै अब्राहामकै परिवारबाट हुन। तथापि पूजाहारीहरूले आफ्नै मानिसहरूबाट दशांश उठाउँछन्।