प्रिय मित्रहरू, यद्यपि हामी तिमीहरूलाई यी कुराहरू भन्छौं। तथापि हामी ढुक्क छौं कि तिमीहरूको अवस्था त्यो भन्दा धेरै राम्रो छ र त्यसले तिम्रो मुक्तिको जमानत दिन्छ।
Cross references
परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुखी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।”
“ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
जसले विश्वास गर्छ अनि बप्तिस्मा लिन्छ त्यो बाँच्ने छ। तर जसले विश्वास गर्दैन भने दोषी हुनेछ।
जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले र्तक गर्न छाडे। तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, “तब परमेश्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”
मैले सबै यहूदीहरू अनि ग्रीकहरूलाई हृदय परिणत गर्न परमेश्वरमा आउनु भने। मैले तिनीहरू सबैलाई हाम्रो प्रभु येशूमाथि विश्वास गर भनें।
यरकारण, मेरा प्रिये मित्रहरू हो, मूर्ति पूजादेखि टाढा बस।
परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ।
कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफै प्रकट हुन्छ।
तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,
परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।
तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौ त्यसको लागि हामी सधैं प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिंदछौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिंदछौ। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिंदछौ।
हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।
हामीलाई दिइएको उद्धार धेरै महान् हो। यसर्थ यदि हामीले त्यस उद्धारको अवहेलना गरर्यौ भने हामी दण्डबाट कसरी उम्कन सकौंला? उद्धारको बारेमा मानिसहरूलाई पहिले भन्नुहुने प्रभु नै हुनुहुन्थ्यो। अनि उहाँलाई सुन्ने मानिसहरूले उद्धार साँचो हो भन्ने कुरो हामीलाई प्रमाणित गरे।