हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।”परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”
Cross references
तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु। तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्। तिनीहरूको निम्ति कष्टको समय नजिकै छ। तिनीहरूको दण्ड चाँडै आउनेछ।’
जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ।
हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ जसले मानिसहरूलाई दण्ड दिन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।
खुशी बन किनभने परमप्रभु संसारमा “राज” गर्न आइरहनु भएको छ। उहाँले पक्षपात नगरी संसारमा न्याय गर्नु हुनेछ।
हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार! पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं। परमप्रभुको सम्मुख गाऊ किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ। उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ। उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।
परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो।
परमप्रभुले युद्ध तयार गर्नुभयो। परमप्रभुले धार्मिकताको हतियार भिर्नु भयो। मुक्तिको टोपी लगाउनु भयो दण्डको पोषाक र प्रबल प्रेमको लुगा लगाउनु भयो।
परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दुखी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो।
“मैले मानिसहरूलाई दण्ड दिने समय रोजें। मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ।
किन? किनकि इस्राएलको परिवारलाई, म प्रत्येक मानिससँग त्यही प्रकारले न्याय गर्नेछु जस्तो त्यो मानिसले कर्म गर्ने छ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो “यसकारण मसित आऊ! पाप गर्न छोड! ती डरलाग्दा चीजहरूले (मूर्ति) तिमीलाई पाप गर्नु नलावोस्। 31ती सबै डरलाग्दा चीजहरू जुन तिमीले बनायौ, फ्याँकि देऊ, तिनीहरूले तिमीलाई खाली पाप गराउँछ। आफ्नो हृदय र आत्मा बद्लिगर! इस्राएलका मानिसहरू, तिमी आफूलाई किन मर्न दिन चाहन्छौ?
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अनि तिमी मेरो भेडा, म प्रत्येक भेडालाई न्याय गर्छु। म भेडा अनि बाख्राको बीचमा न्याय गर्नेछु।
परमप्रभु ईर्षलु र बद्ला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले दोषीहरुलाई दण्ड दिनुहुन्छ। परमप्रभुले उहाँको बिरोधिलाई दण्ड दिनुहुन्छ र एकदमै क्रोधित हुनुहुन्छ। परमप्रभुले उहाँका शत्रुहरुलाई दण्ड दिनुहुन्छ र उनीहरुसंग एकदमै क्रोधित हुनुहुन्छ।
हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। लेखिएको छः “दण्ड दिने काम मेरो हो, म साटो फेर्ने छु।”परमप्रभु भन्नुहुन्छ।
शासकवर्ग तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। तर तिमीले अनुचित काम गर्यो भने तिमी डराउँछौ। शासकसँग दण्ड दिने अधिकार छ अनि उसले यो अधिकार चलाउँछ। अनुचित काम गर्नेलाई दण्ड दिने उ परमेश्वरको सेवक हो।
न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।