तर अब राम्ररी विचार गर्नुहोस्, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो?
Cross references
जब निर्माणकर्त्ताहरूले परमप्रभुको मन्दिरको जग बसाए तब पूजाहारीहरूले आफ्ना विशेष वस्त्र लगाएर हातमा तुरही लिए अनि लेवीहरूले आफ्ना झ्याम्टाहरूको साथ, इस्राएलका राजा दाऊदको निर्देश अनुसार परमप्रभुको स्तुति गर्न आफ्नो स्थान ग्रहन गरे।
तब यरूशलेममा परमेश्वरको मन्दिर निर्माण कार्य रोकियो अनि त्यो कार्य फेरी फारसका राजा दाराको शासन कालको दोस्रो वर्षनभए सम्म शुरू भएन।
यदि कुनै मानिस ज्ञानी छ भने उसले यी कुराहरू सम्झने छ। परमेश्वरको प्रेम के हो, त्यसपछि मात्र उसले वास्तविक रूपमा बुझ्न थाल्नेछ।
तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अशुभ हुनेछ।
यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ। यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ। परमप्रभुको बाटो ठीक छ। असल मानिसहरू तिनीहरूद्वारा बाच्छन। पापीहरू तिनीहरूद्वारा मर्छन्।
यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच!
परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबिसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच।
सर्वशक्तिमान परमप्रभुले यसो भन्नुभयो। तर अब जीवित मानिसहरूका निम्ति यस्तो हुनेछैन।”
“परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो। तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’तिमीहरूले मलाई तिमीहरूको चीजको दशांशकप दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ।
तिमीहरू दुष्ट कर्महरू गर्दै बाँच्यौ। ती कुराहरूका लागि अहिले तिमीहरू लज्जित छौ। के ती कुराहरूले तिमीहरूलाई साथ दियो? अहँ! ती कुराहरूले आत्मिक मृत्यु ल्याँउछ।
तर हामीले आफैलाई ठीकसित जाँच्यौं भने परमेश्वरले हामीलाई जाँच्न हुँदैन।