Home Bibles ☰ Books हबकूक 1:7 · नेपाली बाइबल
हबकूक 1:7 · नेपाली बाइबल

कल्दी मानिसहरुले अन्य जातिहरुलाई भयभित पार्नेछन्। कल्दी मानिसहरु आफु जे सोच्दछन् त्यही गर्नेछन्, अनि जहाँ जान ईच्छा लाग्छ त्यहीं जानेछन्।

Cross references

व्यवस्था 5:19

“तिमीहरूले कुनै चीज चोर्नु हुँदैन।

व्यवस्था 5:27

मोशा! तपाईं परमप्रभु हाम्रा परमेश्वर नजिक जानुहोस् र उहाँले तपाईंलाई भन्नुभएको सबै कुराहरू सुनेर हामीहरूलाई बताउनु होस्, तपाईंले भन्नु भएको सबै कुरा हामी पालन गर्नेछौं।’परमप्रभु मोशासँग बोल्नुहुन्छ

यशैया 14:17

के यो त्यही मानिस हो जसले शहरहरू ध्वस्त पार्यो र घना जङ्गलमा परिणत गरिदियो? के यो त्यही मानिस हो जसले युद्धमा समातिएका मानिसहरूलाई आफ्ना घर फर्कन दिएनन्?”

यशैया 18:7

त्यस समय सेनाहरूका परमप्रभुलाई विषेश भेट चढाइनेछ। त्यो भेट ती अग्ला अनि बलिया मानिसहरूबाट हुनेछ, अत्याचारीहरू ती मानिसहरूसित भयभीत हुन्छन् जो नदीले छुट्‌याएको भूमिमा बस्छन्। यो भेट परमप्रभुको स्थल सियोन पर्वतमा ल्याइनेछ।

यशैया 47:8

यसकारण अब, ‘विलासी स्त्री’ ध्यान दिएर सुन! तिमी सुरक्षित अनुभव गर र आफैलाई भन, ‘म मात्र प्रमुख मानिस हुँ। म जस्तो प्रमुख अन्य कोही पनि छैन्। म कहिल्यै पनि विधवा हुने छैन्। मसँग सँधै नानीहरू हुनेछन्।’

यर्मिया 39:5

कल्दीहरूका सिपाहीहरूले सिदकियाह र उनका सिपाहीहरूलाई खेद्‌दै गए अनि त्यति बेला सिपाहीहरू सिदकियाह सँगै यरीहोको मैदानमा पक्राऊ परे। तिनीहरूले सिदकियाहलाई बाबेलका राजा नबूकदनेस्सर जो हमात देशको रिबला शहरमा थिए त्यहाँ पुर्याए। रिबला शहरमा बाबेलका राजा नबूकदनेस्सरले सिदकियालाई कस्तो व्यवहार गर्नु पर्ने, बताए।

यर्मिया 52:9

बाबेलका सेनाले राजा सिदिकयाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए।

यर्मिया 52:25

तिनले यरूशलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाँउथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठी जना पुरूषहरूलाई पनि लगे।

सपन्याह 2:15

नीनवे अहिले एकदमै घमण्डी भएकोछ। यो यस्तो आनन्दित शहरहो, मानिसहरू सम्झन्छन् कि तिनीहरू सुरक्षीत छन्। तिनीहरू सम्झन्छन् कि नीनवे एकदमै ठूलो शहर हो। तर त्यो शहर नष्ट गरिनेछ। यो उजाड हुनेछ। जहाँ खालि जङ्गली जनावरहरूले मात्र बास गर्ने छन्। जब मानिसहरू यो बाटो भएर जान्छन् त्यति बेला तिनीहरूले देख्ने छन् कि कति नराम्रो प्रकारले शहर नष्ट गरिएकोछ, तब तिनीहरू टाउको हल्लाउँदै खुट्टा ठटाउँनेछन्।

Interlinear

Choose Theme