Home Bibles हबकूक 1:10 · नेपाली बाइबल
हबकूक 1:10 · नेपाली बाइबल

“तिनीहरुका सैनिकहरुले अन्य देशका राजाहरुको हाँसो उडाउनेछन्। अन्य देशका राजाहरु उनीहरुका निम्ति तमाशा बन्नेछन्। तिनीहरुको सैनिकहरु अग्लो किल्ला भएको शहरमा गएर हाँस्नेछन् किनकि ती सैनिकहरुले माटोको दल-दल परेको बाटो बनाएर तिनीहरुलाई सजिलै हराउँनेछन्।

Cross references

2 राजा 24:12

यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं वर्षमा भयो।

2 राजा 25:6

बाबेलीहरूले राजा सिदकियाहलाई रिब्लामा बाबेलका राजा कहाँ लगे। बाबेलीहरूले सिदकियाहलाई सजाय दिने निश्चय गरे।

2 इतिहास 36:6

बाबेलका राजा नबूकदनेसरले यहूदा माथि आक्रमण गरे तिनले यहोयाकीमलाई कैदगरे अनि काँसाका साङ्गलाहरूले बाँधे। तब नबूकदनेसरले राजा यहोयाकीमलाई बाबेलमा लगे।

2 इतिहास 36:10

बसन्तकालमा राजा नबूकदनेसरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।

यशैया 14:16

मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले। तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने, “के यो त्यही मानिसहरू हुन जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?”

यर्मिया 30:5

उहाँले भन्नुभयो “मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ। मानिसहरू तर्सेका छन्। त्यहाँ शान्ति छैन।

यर्मिया 32:24

“अनि अहिले, बाबेलवासीहरूले त्यो शहर कब्जा गर्न घेरेर राखेकाछन्। तिनीहरूले आफ्ना तरवारहरूद्वारा अनिकाल फैलाएर अनि भयानक रोगहरू फैलाएर यरूशलेममाथि विजय प्राप्त गर्नेछन्। त्यो शहर अहिले बाबेल सेनाहरूको आक्रमणमा छ। हे परमप्रभु! तपाईंले यस्तो होस् भन्नु भएकोले यस्तो भएकोछ।

यर्मिया 33:4

परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्छ। परमेश्वरले ती कुराहरू यरूशलेमका घरहरू, जुन घेरामचान र लडाइँको प्रतिरोधमा ध्वंस भएको थियो त्यस बारेमा र यहूदाका जग्गाहरू र राजाको महलहरू बारेमा भन्नुहुन्छ।

यर्मिया 52:4

यसर्थ सिदकियाहको शासनकालको नवौ वर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए।

Interlinear

Choose Theme