परमेश्वरले येपेतको विकास गराई दिऊन्, अनि येपेत शेमको पालहरुमा बसोस् अनि कनान उसको कमारा होस्।”
Cross references
त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।
“यसकारण म तिनलाई मायालु शब्दहरू भन्ने छु। म तिनलाई मरूभुमिमा पुर्याउँछु र दयापूर्वक कुराहरू गर्छु।
“सूर्योदय देखि सूर्यास्त सम्म मानिसहरूले मेरो सम्मान गर्छन्, ती सबैले मेरो निम्ति राम्रा-राम्रा भेटीहरू ल्याउँछन्। तिनीहरूले मेरो भेटीको रूपमा राम्रा धूपबाल्छन्। किन? किनभने मेरो नाउँ ती सम्पूर्ण मानिसहरूको निम्ति महत्वपूर्ण छ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।
त्यहाँ थाइआटीरा भन्ने शहरबाट लिडिया नाउँकी एक पत्नी मानिस पनि थिई। उसको पेशा बैगुनी लुगा बेच्ने थियो। तिनले साँचो परमेश्वरको आराधना र्गथिन्। लिडियाले पावल बोलेको सुनिरहेकी थिई अनि प्रभुले पावलले भनेको कुरा विश्वास गराउन उसको हृदय उगारिदिनु भयो।
यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो!
अनि यशैयाले भनेका छन्“एकजना मानिस यस्सीका परिवारबाट आउने छन्। ती मानिसले अयहूदीहरूमाथि राज गर्नेछन्, अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।”
हो, एक समयमा तिमीहरू परमेश्वरदेखि टाडा थियौ। तर अहिले तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको रगतद्वारा तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ।
यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ।
गुप्त सत्यता यही होः परमेश्वरले आफ्ना यहूदी मानिसहरूलाई दिनुभएको त्यही कुराहरू गैर-यहूदीहरूले पनि पाउनेछन्। गैर-यहूदीहरू यहूदीहरूसितै एक जीउमा सम्मिलित हुनेछन् अनि ख्रीष्ट येशूमा दिइएको परमेश्वरको वचनको सहभागी हुनेछन्। सुसमाचारको कारणले गैर-यहूदीहरूले यी सबै पाउनेछन्।
यसैले म तिमीहरूलाई बिन्ती गर्दछु तिमीहरूको कारण मेरा कष्टहरू देखेर तिमीहरूले हरेश खानु हुँदैन र आशा पनि मार्नु हुँदैन। मेरो कष्टले तिमीहरूमा आदर ल्याउने छ।
परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए।