Home Bibles उत्पत्ति 5:3 · नेपाली बाइबल
उत्पत्ति 5:3 · नेपाली बाइबल

जब आदम 130 वर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो।

Cross references

उत्पत्ति 4:25

आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कयिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेश्वरले मलाई अर्को बालक दिनु भयो।”

अय्यूब 14:4

“म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस। तर कसैले पनि त्यसो गर्न सक्तैन।

अय्यूब 15:14

मानिस साच्चै नै निर्दोष हुन सक्तैन। मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।

अय्यूब 25:4

परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन। कुनै पनि मानिस कहिल्यै निर्दोष हुन सक्तैन।

भजनसंग्रह 14:2

परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर स्वर्गबाट तल हेर्नुहुन्छ। ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्।

भजनसंग्रह 51:5

पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन् अनि म पापमा नै जन्मेको थिएँ।

लूका 1:35

ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाकनेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ।

यूहन्ना 3:6

मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ।

रोमी 5:12

पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्।

1 कोरिन्थी 15:39

सबै शरीरको मासु एकै हुँदैनः मानिसहरूको मासु एक प्रकारको हुन्छ, औ पशूहरूको मासु अर्को प्रकारको हुन्छ, पंछीहरूको भिन्दै हुन्छ, अनि माछाहरूको अर्कै प्रकारको मासु हुन्छ।

एफिसी 2:3

गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ।

Interlinear

Choose Theme