Home Bibles उत्पत्ति 49:30 · नेपाली बाइबल
उत्पत्ति 49:30 · नेपाली बाइबल

कनानमा माम्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एप्रोन हित्तीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए।

Cross references

उत्पत्ति 23:8

तिनले तिनीहरूलाई भने, “यदि तपाईंहरू साँच्चै मेरी पत्नीको लाश गाड्नको निस्ति सहायता गर्नु हुन्छ भने मेरो कुरा सुन्नु होस् र सोअरको छोरो एप्रोनसित मेरो निम्ति कुरा गरिदिनु होस्।

उत्पत्ति 23:16

अब्राहामले एप्रोनको कुरा माने अनि हित्ती मानिसहरूको सामुन्ने तिनले चार सय सिक्का चाँदी तौलीएर जमीनको धन्धा गर्ने व्यापारीको हातमा थमाई दिए।

उत्पत्ति 23:17

यसरी एप्रोनको खेतको मालिक बद्लिएर अब्राहाम बनिए। त्यो जग्गा मम्रेको पूर्व मक्पेलामा थियो र त्यसभित्र भएका ओडार र रूखहरू थिए।

उत्पत्ति 23:20

अब्राहामले त्यो जमीन र ओडार हित्ती मानिसहरूको अघि किने अनि त्यो तिनको कान्‌नी रूपले भयो अनि तिनले त्यो जमीन चिहान घारीको निम्ति प्रयोग गरे।

Interlinear

Choose Theme