Home Bibles ☰ Books उत्पत्ति 47:22 · नेपाली बाइबल
उत्पत्ति 47:22 · नेपाली बाइबल

पूजाहारीहरूको भूमि मात्र यूसुफले फिरऊनको निम्ति किनेनन्। पूजाहारीहरूले आफ्नो भूमि बेच्न परेन कारण तिनीहरूको कार्यको निम्ति फिरऊनले तिनीहरूलाई पैसा दिन्थे। यसर्थ अन्न किन्दा तिनीहरूले त्यही पैसा खर्च गरे।

Cross references

उत्पत्ति 14:18

शालेमका राजा पनि मल्कीसेदेक रोटी र दाखरस लिएर अब्रामसित भेट्न आए। तिनी सर्वोच्च परमेश्वरको पूजाहारी थिए।

उत्पत्ति 41:45

त्यसपछि फिरऊनले उनलाई अर्को नाउँ साप्‌नत-पानेह दिए। फिरऊनले उसको विवाह आसनत नाउँ भएकी आइमाईसित गराए जो ‘ओन’ शहरका पूजाहारी पोतीफरकी छोरी थिइ। यस प्रकार यूसुफ समस्त मिश्र देशका राज्यपाल भए।

उत्पत्ति 41:50

यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफेराकी छोरी थिइन। अनिकाल लाग्न दुइ वर्ष अघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे।

उत्पत्ति 47:26

पूजाहारीहरूले राखेको भूमि मात्र फिरऊनको होइन नत्र मिश्र देशको पुरै भूमि फिरऊनको हो।”

व्यवस्था 12:19

तर तिमीहरू आफ्नो खाद्य लेवीहरूसँग बाँड्नु पर्छ भनी निश्चिन्त होऊ। यस्तो तबसम्म गर जबसम्म आफ्नो भूमिमा बस्छौ।

यहोशू 21:1

लेवी कुल समूहका शासकहरू पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका अन्य कुल समूहका शासकहरूसित बात गर्न गए।

2 शमूएल 8:18

यहोयादाका छोरा बनायाह करेती र पलेतीहरूका निम्ति अधिकारी थिए। अनि दाऊदका छोराहरू चाहि प्रमुख थिए।

एज्रा 7:24

हामी तिमीहरूलाई सुचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिरो तिर्नु पर्ने छैन।

नहेम्याह 13:10

तब लेवीहरूको अंश तिनीलाई दिइएको थिएन, भनी मैले थाहा पाएँ। यसर्थ लेवीहरू अनि गायकहरू जसले सेवा गरेका थिए। आफ्ना खेततिर फर्केका थिए।

मत्ती 10:10

झोला समेत नबोक यात्राका निम्ति लाउने लुगाफाटा वा जुत्ता नलैजाऊ। हिडेनलाई लौरो समेत नबोक। एक कामदारलाई उसले चाहेका सबै चीजहरूको बन्दोबस्त हुनुपर्छ।

1 कोरिन्थी 9:13

के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाँउछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्?

गलाती 6:6

जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।

2 थिस्सलोनिकी 3:10

हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।”

Interlinear

Choose Theme