Home Bibles उत्पत्ति 46:25 · नेपाली बाइबल
उत्पत्ति 46:25 · नेपाली बाइबल

याकूब र बिल्हाबाट जन्मेका छोराहरू तिनीहरू नै थिए। (बिल्हा लाबानले आफ्नी छोरी राहेललाई पठाएको कमारी थिइ।) यस परिवारमा सात जना मानिसहरू थिए।

Cross references

उत्पत्ति 29:29

(लाबानले आफ्नी कमारी बिलहालाई आफ्नी छोरी राहेलकी कमारीको रूपमा दिए)।

उत्पत्ति 30:3

त्यसपछि राहेलले भनी, “तिमीले मेरी कमारी बिल्हालाई राख्न सक्छौ। त्यससित सहवास गर्नुहोस् अनि उनले मेरो निम्ति नानी जन्माउनेछे। तब उनले गर्दा म आमा हुन सक्छु।”

उत्पत्ति 30:4

यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकूबले त्यस कमारीसित सहवास गरे।

उत्पत्ति 35:22

इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, रूबेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर साह्रै क्रोधित भए।याकूब (इस्राएल)का बाह्र जना छोराहरू थिए।

उत्पत्ति 35:25

राहेलकी कमारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नप्ताली थिए।

प्रस्थान 1:2

रूबेन, शिमोन, लेवी, यहूदा,

Interlinear

Choose Theme