Home Bibles ☰ Books उत्पत्ति 45:23 · नेपाली बाइबल
उत्पत्ति 45:23 · नेपाली बाइबल

यूसुफले आफ्ना बाबुको निम्ति उपहारहरू पनि पठाए। तिनले दश गधामा लदाएर मिश्र देशको राम्रा-राम्रा समानहरू पठाइ दिए अनि आफ्ना बाबु लिएर आउनको लागि दशवटा छाउरी गधामा अन्न, रोटी र अरू भोजनहरू पूरा लादेर पठाए।

Cross references

उत्पत्ति 24:10

त्यो नोकरले अब्राहामबाट दशवटा ऊँट लियो अनि ऊ त्यस ठाउँबाट हिंड्‌यो। नोकरले धेरै प्रकारको राम्रा-राम्रा उपहारहरू लिएर गयो। ऊ नाहोरको शहर मेसोपोटामिया गयो।

उत्पत्ति 43:11

त्यसपछि तिनीहरूका बाबु इस्राएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्र, पेक्ता, र हाडे-बदाम लिएर जाऊ।

प्रस्थान 16:3

मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरूभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।”

Interlinear

Choose Theme