उत्पत्ति 44:26 · नेपाली बाइबल
अनि हामीले आफ्नो बाबुलाई भन्यौ, ‘हामी आफ्नो कान्छो भाइ नलिइ जान सक्तैनौ। शासकले भनेका छन् जबसम्म उनी हाम्रा कान्छो भाइलाई देख्दैनन् तबसम्म हामीलाई अन्न बेच्ने छैनन्।’
Cross references
उत्पत्ति 42:15
तर म तिमीहरूलाई आफू सत्य भएको प्रमाण गर्ने मौका दिन्छु। म राजा फिरऊनको नाउँमा शपथ खान्छु जबसम्म तिमीहरूको कान्छो भाइ यहाँ आउँदैन त्यतिञ्जेलसम्म तिमीहरूलाई जान दिने छैन।
उत्पत्ति 43:4
यदि तपाईं बिन्यामीनलाई हामीसित पठउनु हुन्छ भने, मात्र हामीहरू अन्न किन्नु जान सक्छौ।
उत्पत्ति 44:12
त्यस नोकरले बोराहरू निरीक्षण गर्न थाल्यो। उनले सबभन्दा जेठोबाट शुरू गरेर कान्छोसम्म निरीक्षण गर्यो। उनले बिन्यामीनको बोरामा चाँदीको कचौरा भेट्यो।
लूका 11:7
घरभित्रबाट तिम्रो मित्रले भन्नेछ, जाऊ, मलाई तकलीफ नदेऊ। ढोका अघि नै बन्द भइसकेकोछ। म र मेरा छोरा छोरीहरू ओछ्यानमा छन्। अहिले उठेर म तिमीलाई रोटी दिन सक्तिनँ।