उत्पत्ति 44:10 · नेपाली बाइबल
नोकरले भने, “तिमीहरूले भने झैं गर्नेछौं। तर म मानिसको हत्या गर्दिन। जुन मानिससँग म चाँदीको कचौरा भेट्छु त्यो मानिस मेरो कमारा हुनेछ, तर अरू मानिसहरू स्वतन्त्र भएर जानेछन्।”
Cross references
उत्पत्ति 44:17
तर यूसुफले भने, “म तिमीहरू सबैलाई कमारा बनाउँदिन। त्यही मानिस मात्र कमारा हुनेछ जसले कचौरा चोरी गरेको छ। अरू तिमीहरू शान्तिसितै आफ्ना बाबु भएको भूमिमा जान सक्छौ।”
उत्पत्ति 44:33
यसर्थ म तपाईंसित बिन्ती गर्छु, त्यस केटोलाई आफ्नो दाज्यूहरूसित फर्कन दिनु होस्, अनि म बस्छु र तपाईंको कमारो बनिन्छु।
प्रस्थान 22:3
तर घटना दिउँसो घटे त्यो मार्ने मानिसलाई हत्याराको दोष लाग्नेछ। यदि तिरो तिर्ने उसमा क्षमता छैन भने त्यो चोर दण्ड तिर्नको निम्ति कमारा जस्तै बेचिनु पर्छ।
मत्ती 18:24
राजाले हिसाब मिलाउन शुरू गरे। उसको एउटा नोकर हजारौं चाँदीको सिक्काको ऋणी थियो।