Home Bibles ☰ Books उत्पत्ति 43:3 · नेपाली बाइबल
उत्पत्ति 43:3 · नेपाली बाइबल

तर यहूदाले याकूबलाई भने, “तर त्यस देशको शासकले हामीलाई चेताउनी दिएकाछन्। उनले भने, ‘यदि तिमीहरूले आफ्नो भाइ मकहाँ लिएर आएनौ भने म तिमीहरूसित कुरा गर्ने छैन।’

Cross references

उत्पत्ति 42:15

तर म तिमीहरूलाई आफू सत्य भएको प्रमाण गर्ने मौका दिन्छु। म राजा फिरऊनको नाउँमा शपथ खान्छु जबसम्म तिमीहरूको कान्छो भाइ यहाँ आउँदैन त्यतिञ्जेलसम्म तिमीहरूलाई जान दिने छैन।

उत्पत्ति 42:20

तर तिमीहरूको कान्छो भाइ लिएर तिमीहरू फर्की आउनै पर्छ। तब मात्र म थाहा पाउने छु तिमीहरूले साँचो बोलिरहेका छौ अनि तिमीहरूले मर्नु पर्ने छैन।”दाज्यू-भाइहरू यसमा सहमत भए।

उत्पत्ति 42:33

“तब ती प्रशासकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी प्रमाण गर्ने एउटा उपाय छ। तिमीहरू मध्ये एकजनालाई मसित छोड अनि अरू भाइहरू आफ्ना मानिसहरूको निम्ति अन्न लिएर फर्क।

उत्पत्ति 43:5

तर यदि तपाईं उसलाई पठाउन अस्वीकार गर्नु भयो भने तब हामी जानेछैनौ। त्यस मानिसले बिना बिन्यामीन हामीलाई त्यहाँ जानु होशियारी गराएकाछन्।”

उत्पत्ति 44:23

तपाईंले भन्नु भएको थियो, ‘तिमीले आफ्नो कान्छो भाइलाई मकहाँ अवश्य ल्याउनु पर्छ, होइन भने तिमीहरूले अन्न पाउँने छैनौ।’

2 शमूएल 3:13

दाऊदले जवाफ दिए, “ठीक छ! म एउटा सन्धि गर्छु। तर म तिमीलाई एउटा शर्त राख्छुः जब सम्म तिमी शाऊलकी छोरी मीकललाई लिएर मकहाँ आउँदैनौ म तिमीसित भेट गर्ने छौन।”

2 शमूएल 14:24

तर राजा दाऊदले भने, “अब्शालोम उसको आफ्नै घर जानसक्छ। उ मलाई भेटून नआवोस्।” यसैले अब्शालोम आफ्नै घर गए। अब्शालोम राजालाई भेटून जान सकेन।

2 शमूएल 14:28

अब्शालोम पूरा दुइ वर्ष यरूशलेममा राजासँग भेट नगरी बसे।

2 शमूएल 14:32

अब्शालोमले योआबलाई भने, “मैले तिमीकहाँ खबर पठाएँ मैले तिनीलाई यहाँ आउनु भने। म तिमीलाई राजाकहाँ पठाउन चाहान्थे। म तिमीद्वारा राजालाई सोध्न चाहान्थे मलाई गेशूरबाट यहाँ ल्याउ। यो मलाई असल हुने थियो यदि म त्यही भएको भए, मलाई राजासित भेटून देऊ यदि मैले पाप गरेको भए उसले मलाई मारून्।”

प्रेरित 7:34

मैले मेरा मानिसहरूलाई मिश्र देशमा अत्यन्तै कष्ट पाइरहेको देखें। मैले तिनीहरूको विलाप सुने। म तिनीहरूलाई बचाउन तल झरे। अब आऊ, म तिमीलाई मिश्र देश पठाउँछु।

प्रेरित 20:25

“अनि अब मलाई ध्यान दिएर सुन। म जान्दछु कि तिमीहरू कसैले पनि मलाई फेरि कहिल्यै देख्ने छैनौ। म तिमीहरूसंग सधैं थिएँ, मैले तिमीहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार भने।

प्रेरित 20:38

तिनीहरूले पावललाई अङ्गालो हाले र चुम्बन गरे। तिनीहरू उनलाई विदा दिन जहाज सम्म गए।

Interlinear

Choose Theme