यसर्थ ती दाज्यू-भाइहरूले शासकलाई दिनको निम्ति उपहार लगे। तिनीहरूले पहिलो पाली लगेको भन्दा दोबर रकम पनि लिएर गए। यस पल्ट बिन्यामीन आफ्नो दाज्यूहरूसँग मिश्र देश गए।दाज्यू-भाइहरूलाई यूसुफको घरमा निम्त्याइयो
Cross references
त्यसपछि ती दाज्यू-भाइहरूले आ-आफ्नो बोराहरूबाट अन्न बाहिर निकाल्न शुरू गरे अनि प्रत्येकले आफ्नो पैसाको थैलो आफ्नो अन्नको बोरामा पाए। ती दाज्यू-भाइहरू र तिनीहरूका बाबुले पैसा देखे र खुबै डराए।
तर जब हामीहरूले रात बिताउनु पर्ने ठाउँमा आई पुग्यौं, हामीले आफ्नो बोरा खोल्यौं तब बोराको मुखमा नै हामीहरूले तिरेको पुरै रकम पायौं। अहिले हामीले यहाँ ल्याएका छौं।
जिक्री एप्रैमका एक साहसी सैनिक थिए। जिक्रीले राजा आहाजका छोरा मासेयाह राज महलको जिम्मामा रहेको अधिकारी अज्रीकाम अनि एल्कानालाई मारे। एल्काना राजा देखि दोस्रो शक्तिका थिए।
धेरै मानिसहरूले शासकको निगाह खोजछन् अनि प्रत्येकले उदार मानिसको साथी बन्न चाहन्छ। अनि असल मानिसको मित्र हुन चाहन्छ।