याकूबले बिन्यामीनलाई पठाएनन्। (यूसुफका भाइहरूमा बिन्यामीन मात्र आफ्नै भाइ हो।) बिन्यामीनलाई केही नराम्रो होला भनेर याकूब डराए।
Cross references
परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सँधैको निम्ति बाँच्नेछ। “
तिनीहरूले भने, “आऊ, हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ। हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई संगठित राख्नेछ। नत्र हामी संसारभरि छरपष्ट हुनेछौं।”
याकूबले हेर्यो अनि एसाव आउँदैगरेको देख्यो। एसाव आइरहेको थियो अनि चार सय मानिसहरू ऊसंग थिए। याकूबले आफ्नो परिवारलाई चार दलमा बाँड्यो। लेआ र उसको नानीहरू एउटा दलमा अनि राहेल र यूसुफ अर्को एक दलमा अनि दुइवटी कमारीहरू र तिनीहरूको नानीहरूलाई दुइ दलमा।
याकूब अनि उसको दलले बेतेल छोडे। तिनीहरू ठीक एप्रात आई पुग्नअघि राहेल प्रसुति वेदना भोग्न थाली।
तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिंदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”
म प्रार्थना गर्छु जब तिमी त्यो प्रशासकअघि उभिन्छौ सर्वशक्तिमान परमेश्वरले सहायता गर्नु हुनेछ। म प्रार्थना गर्छु उनले बिन्यामीन र शिमोनलाई सुरक्षित फर्कन दिनेछन। यदि यस्तो भएन भने, म फेरि पुत्र शोकले व्याकुल हुनेछु।”
त्यसपछि यूसुफले आफ्नो भाइ बिन्यामीनलाई देखे। (बिन्यामीन र यूसुफकी एउटै आमा हुन्) यूसुफले भने, तिमीहरूले मलाई बताएको कान्छो भाइ यही हो?” त्यसपछि यूसुफले बिन्यामीनलाई भने, “हे बाबू, परमेश्वरले तिमीलाई आशीर्वाद दिनु हुनेछ।”
हामीले उत्तर दियौं, ‘हाम्रा बाबु हुनुहुन्छ, उहाँ बूढो मानिस हुनुहुन्छ। अनि हाम्रो सानो भाइ पनि छ। हाम्रा बाबुले त्यसलाई खुबै प्रेम गर्नु हुन्छ कारण त्यो उहाँको वृद्ध अवस्थामा जन्मेको हो। त्यस सानो छोराको दाज्यू पनि मर्यो। यसर्थ त्यस आमाबाट जन्मेर बाँचेको छोरो त्यो मात्र हो। हाम्रा बाबुले उसलाई खुबै माया गर्नुहुन्छ।’
तब हाम्रा बाबुले हामीलाई भन्नुभयो, ‘तिमीहरूलाई थाहा छ मेरी पत्नी राहेलले मेरो निम्ति दुइवटा छोरा जन्माइन्।
अनि यदि अर्को छोरो पनि तिमीहरूले लगेर यदि उसलाई केही खतरा भए, तब मैले मेरो काल पर्खनु पर्दैन, त्यो मेरो निम्ति मृत्यु नै हुनेछ।’