Home Bibles उत्पत्ति 41:8 · नेपाली बाइबल
उत्पत्ति 41:8 · नेपाली बाइबल

र अर्को बिहान यी सपनाहरूको विषयमा फिरऊन एकदमै चिन्तित भयो। यसर्थ उनले मिश्र देशका सबै जादूगर अनि सबै ज्ञानी मानिसहरूलाई बोलायो। फिरऊनले ती सबै मानिसहरूलाई आफ्नो ती सपनाहरूको विषयमा बतायो तर कसैले पनि त्यस विषयमा व्याख्या गर्न सकेनन्।

Cross references

उत्पत्ति 40:6

यूसुफ भोलिपल्ट बिहानै तिनीहरूकहाँ गए। उनले तिनीहरूलाई साह्रै कष्टमा परेको भेट्टाए।

उत्पत्ति 40:8

ती दुइजना मानिसहरूले उत्तर दिए, “हामीले राती सपना देख्यौं तर के सपना देख्यौं बुझ्न सकेनौं। त्यो सपनाको अर्थ हामीलाई बुझाउने अथवा व्याख्या गर्ने मानिस यहाँ कोही पनि छैन।”यूसुफले तिनीहरूलाई भने, “परमेश्वर नै एकजना हुनुहुन्छ जसले सपना बुझाउनु अथवा व्याख्या गर्न सक्नु हुन्छ। यसर्थ म बिन्ती गर्छु मलाई तिमीहरूको सपना बताऊ।”

उत्पत्ति 41:24

त्यसपछि ती पातला बालाहरूले पहिलेको बाक्ला सातवटा बालाहरूलाई खाए। “मैले ती सपनाहरू मेरो जादूगरहरूलाई भनें तर कसैले पनि ती सपनाहरूको विषयमा व्याख्या गर्न सकेनन्। तिनीहरूको अर्थ के हुन्छ त?”यूसुफले सपनाको विषयमा व्याख्या गर्छ

प्रस्थान 7:11

तब राजाले त्यहाँका ज्ञानी मानिसहरू तथा जादूवालाहरूलाई बोलाए। ती मानिसहरूले आफ्नो तन्त्र-मंत्र प्रयोग गरे र हारूनले गरे जस्तै गर्न सके।

प्रस्थान 7:22

जादूगरहरूले आफ्नो मंत्र प्रयोग गरे अनि तिनीहरूले पनि त्यसै गरे। यसर्थ फिरऊनले मोशा र हारूनको कुरा मान्न अस्वीकार गरे। त्यस्तै भयो जस्तो परमप्रभुले भन्नु भएको थियो।

प्रस्थान 8:7

जादूगरहरूले पनि त्यसै गरेर मिश्र देशमा भ्यागुताहरू ल्याए।

प्रस्थान 8:18

यसर्थ जादूगरहरूले आफ्नो छल प्रयोग गरेर त्यसरी नै जुम्राहरू उब्जाउने चेष्टा गरे। तर ती जादूगरहरूले धूलोबाट जूम्राहरू बनाउन सकेनन्। जूम्रा मानिसहरू र जनावरहरूमाथि नै रहे।

प्रस्थान 9:11

मोशाले गरे जस्तो जादूगरहरूले गर्न सकेनन् कारण तिनीहरू पनि यस रोगले ग्रस्त थिए। यस्तो मिश्र देशमा जता-ततै भयो।

लेवी 19:31

“तिमीहरू झाँक्री-जादूगर बोक्सी तथा मन्त्र गर्नेतिर नलाग अनि आफैंलाई तिनीहरूबाट अशुद्ध नपार। म तिमीहरूको परमप्रभु परमेश्वर हुँ।

लेवी 20:6

कुनै मानिस जो सल्लाह लिनु झाँक्री अथवा जादूगर कहाँ जान्छ, उसले मलाई अविश्वास गर्दैन यसर्थ म उसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनेछु।

व्यवस्था 18:9

“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा आउँनेछौ त्यहाँ अरू राष्ट्रका मानिसहरूले गरे जस्तै भयंङ्कर कामहरू गर्न नसिक।

1 शमूएल 6:2

पलिश्तीहरूले आफ्ना पुरोहितहरू र ज्योतिषीहरूलाई बोलाएर भने, “हामीले परमप्रभुको पवित्र सन्दूकलाई के गर्नु पर्ने हो? सुझावदिनुहोस्, कसरी सन्दूकलाई फेरि यसको आफ्नै घरमा पठाउन सकिन्छ?”

अय्यूब 5:12

परमेश्वरले धूर्त र दुष्टहरूका युक्तिलाई विफल पारिदिनु हुन्छ, यसकाण तिनीहरूले सफलता पाउँदैनन्।

भजनसंग्रह 25:14

परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ। उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ।

यशैया 8:19

कतिपय मानिसहरू भन्छन्, “भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने?” ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्लान्। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा माग्नु नै पर्छ! ती भूतप्रेत खेलाउने र जादूगरहरूले मुर्दालाई के गर्नु पर्ने भनेर सोध्छ। किन जीवित मानिसहरूले मुर्दाहरूबाट केही माग्नु पर्छ?

यशैया 19:3

मिश्रका मानिसहरू दोधारमा पर्नेछन्। ती मानिसहरू आफ्ना झूटा देवताहरू अनि ज्ञानी जनलाई सोध्नेछन्, के गर्नु पर्नेछ? तिनीहरूले आफ्ना तांत्रिकहरू र झाँक्रीहरूलाई सोध्नेछन्। तर तिनीहरूको उपदेश अनुपयोगी हुनेछन्।”

यशैया 19:11

“सोअन शहरका मानिसहरू मूर्ख छन्। फिराऊनका ‘सल्लाहकारहरूले’ भूल सल्लाह दिनेछन्। ती अगुवाहरूले आफूलाई ज्ञानी ठान्दछन्। तिनीहरू भन्छन् तिनीहरू प्राचीन राजाहरूका सन्तानहरू हुन्। तर तिनीहरू त्यति ज्ञानी छैनन् जति तिनीहरू सोच्छन्।”

यशैया 29:14

यसैले म तिनीहरूलाई लगातार प्रभाव पूर्ण र अचम्म लाग्दा कामहरू गरेर चकित पारिरहन्छु। तिनीहरूका ज्ञानी मानिसहरूले आफ्ना विवेकहरू हराउनेछन्। तिनीहरूमा बुझ्ने क्षमता हुँदैन।”

यशैया 47:12

तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ। यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ। हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला हुनसक्छ। तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।

दानियल 1:20

राजाले यी चारजनासित सबै महत्वपूर्ण विषयमा सरसल्लाह लिए अनि तिनीहरूले आफ्नो ज्ञान र सुझबुझको प्रमाण दिए। राजाले देखे कि यी चारजना उनको राज्यका सबै ज्ञानी अनि जादुगरहरू भन्दा दश गुणा राम्रा छन्।

दानियल 2:1

आफ्नो शासनकालको दोस्रो वर्षमा नबूकदनेस्सरले एउटा सपना देखे। सपनाले उनलाई भयभीत बनायो अनि उनी सुत्न सकेनन्।

दानियल 2:11

राजाले केही कुरा रोधि रहेका छन् त्यो गर्न एक्दमै अफ्ठ्यारो छ। देवताहरूले मात्र राजाको सपना अनि यसको अर्थ के हो भन्न सक्नेछन। तर देवताहरू मानिसहरूसित बस्दैनन्।”

दानियल 2:27

दानियलले राजालाई उत्तर दिए, “हे राजा नबूकदनेस्सर, कुनै पनि ज्योतिषीहरू बुद्धिमानी मानिस, मंत्र-तंत्र जान्नेहरू अनि कल्दीहरूले राजाको सपनाको गुप्त कुराहरू बताउँन सकेनन्।

दानियल 4:5

मैले यस्तो सपना देखें, मलाई भयभीत बनायो। म मेरो ओछ्यानमा ढल्किरहेको थिएँ अनि मैले मेरो मनमा दिव्य दर्शन् देखें, ती कुराहरूले मलाई एकदमै दुःखीत बनायो।

दानियल 4:7

जब जादुगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरू आए, मैले तिनीहरूलाई सपना बताईदिएँ, तर तिनीहरूले मलाई त्यसको अर्थ बताउँन सकेनन्।

दानियल 4:19

त्यसपछि दानियल केही समय सम्म चुपचाप बसे। उसले केही कुरा सोची रहेको थिए, त्यसले उसलाई व्याकुल बनाइरहेको थियो। तब राजाले भने, “बेलतसजर (दानियल), तिमी त्यो सपना अथवा त्यो सपनाको अर्थदेखि भयभीत नहोऊ।”यसमा बेलतसजरले (दानियल) उत्तर दिए, “मेरा स्वामी, खाश यो सपना तपाईंका शत्रुहरूमाथि आवोस् अनि यसको अर्थ जो तपाईंको विरोधी छन् उनीहरूले प्राप्त गरून्।

दानियल 5:6

यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले।

दानियल 5:11

तपाईंको राज्यमा एउटा यस्तो मानिस छ, जसमा पवित्र देवताहरूको आत्मा छ। तपाईंको पितामहको पालामा तिनमा उत्तम समझ र देवताको झैं ज्ञान भएको पाइयो। यसैले तपाईंको पितामह नबूकदनेस्सरले तिनलाई जादूगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूका प्रधान नियुक्त गरिदिए।

दानियल 7:28

“विवरण यहीं अन्त हुन्छ। म दानियल चाँहि मेरो विचारले गर्दा साह्रै डराएँ, र मेरो अनुहारको रंग पहेंलो भयो र मैले यो कुरा आफ्नो मनमै राखें।”

दानियल 8:27

त्यसपछि मेरो शक्ति हरायो। केही समय सम्म म बिमारी भइरहें। तब म उठेर फेरि राजाको काममा लागें। तर त्यस दर्शन ले गर्दा म डराई रहें र कसैले मलाई त्यो बुझाउँन सकेन।

हबकूक 3:16

मैले यी कुराहरु सुनें, अनि मेरो शरीर काम्न थाल्यो। मैले जोडसंग सुस्केरा हालें। मैले मेरो हड्डीहरु एकदमै कमजोरी भएको अनुभव गरें। म त्यहाँ थर-थर काम्दै उभिरहें। यसकारण जब शत्रुहरु मानिसहरुलाई आक्रमण गर्न आउँछन् म विनाशको दिन धैर्यताका साथ पर्खिरहनेछु।

मत्ती 2:1

यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो। हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो। जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यरूशलेममा आए।

प्रेरित 7:22

मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए।

प्रेरित 17:18

उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले उ फर्क्यो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लगत्तै बाहिर निस्क्यो।

1 कोरिन्थी 1:19

शास्त्रमा लेखिएको छः“म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु म बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।”

1 कोरिन्थी 3:18

कसैले आफैलाई धोका नदिवोस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी संझन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र उ साँच्चिकै ज्ञानी बन्न सक्छ।

Interlinear

Choose Theme