उत्पत्ति 41:48 · नेपाली बाइबल
अनि तिनले ती वर्षहरूमा अन्नहरू जोगाएर शहरहरूमा जम्मा गरे। प्रत्येक शहरमा त्यस शहरको वरिपरिको भूमिबाट उब्जिएको अन्न जम्मा गराए।
Cross references
उत्पत्ति 41:34
तब जनताबाट अन्न उठाउनको निम्ति अरू मानिसहरू छान्नु होस्। प्रत्येक मानिसले असल सात वर्षमा जे जति अन्न उब्जाउँछ, त्यसबाट पाँचौ भाग बुझाओस्।
उत्पत्ति 41:35
तिनीहरूलाई आज्ञा दिनुहोस् जो असल वर्षहरू आउँदैछन् त्यसबेला प्रशस्त अनाजहरू जम्मा गरून्। मानिसहरूलाई घोषणा गरी दिनु होस् ती छानिएकै मानिसलाई शहरहरूमा अनाजहरू जम्मा गर्ने अधिकार होस्। तब तिनीहरूले त्यति समयसम्म अन्न बचाएर राख्नेछन् जबसम्म त्यसको आवश्यक रहन्छ।
उत्पत्ति 47:21
जहाँ सम्म साधारण मानिसहरूको कुरा छ, उनले तिनीरूलाई सम्पूर्ण मिश्रका शहरहरूमा घुमफिर गर्ने अनुमति दिए।